Update: काठमाडौँ महानगरमा काँग्रेसको अग्रताः एमाले भन्दा ५८ मतले पछाडि

दोश्रोमा एमाललेलाई पछ्याउदै साझाँ पार्टी

काठमाडौं । अहिलेसम्मको मतगणना अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले निकटतम प्रतिद्धन्द्धीको भन्दा ५८ मतले अग्रता लिएका छन ।

महानगरको वडा नं १ अन्तर्गतको १२३० वटा मतपत्रको मत गणनाका आधारमा सार्वजनिक भएको मत परिणाम यस अघि नै सार्वजनिक गरिएको थियो ।

अहिले भर्खरै प्राप्त जानकारी अनुसार महानगरको वडा न १ को मतगणना अझै बाँकी रहेको छ र अहिले वडा न. ३२को १०० वटा मतको गणना भैसकेको छ । अहिलेसम्म महानगरपालिकाको एक हजार तीन सय तीस मतपत्रको गणना कार्य सकिएको मत गणनास्थलबाट पत्रकार दुर्गा चौलागाईले हरपल नेपाल डटकमलाई गराएका छन ।

पछिल्लो मतगणनाको परिणाम अनुसार कांग्रेसका राजुराज जोशीले ३८२, नेकपा एमालेका विद्यासुन्दर शाक्यले ३२४ र विकेकशील पार्टीका रञ्जु दर्शनाले १७७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी साझा पार्टीका किशोर थापाले २०१ र नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलको २३ मत प्राप्त गरेका छन ।

त्यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयर पदमा काँग्रेसका हरिप्रभा खड्गीको ४५९, राप्रपाका राजाराम श्रेष्ठको २३६, साझा पार्टीका उम्मेदवारको १४९ र माओवादी केन्द्रका सुशीला पौडेलको २९ मत रहेको छ ।

गणना कार्यमा तीव्रता दिन अहिले तीन समूह बाडिएर मत गणना कार्य भैरहेको बताइएको छ । अहिले महानगरको वडा नं १, २ र ३२ को एकैसाथ मत गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले हरपल नेपाल डटकमसँग कुरागर्दै बताएका छन ।

मत गणना कार्यमा ढिलाइ भएको गुनासो आएपछि आयोगले टोली छट्टाएर मतगणनाको कार्यलाई गतिदिन निर्देशन दिएको हो ।