सिन्धुलीको मरिन ठाकुरमा माओवादी केन्द्र विजयी
प्रमुख र उपप्रमुख दुबैमा माओवादी
प्रकासित मिति : २०७४ जेष्ठ २, मंगलवार
प्रकासित समय : १६:४४
सिन्धुली । सिन्धुलीको मरिन ठाकुर गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मरिन ठाकुर गाउँपालिका प्रमुखको पदमा माओवादीका उम्मेदवार पानीराज बम्जन विजयी भएका हुन ।
उनले २४३७ मत ल्याएका छन्। त्यस्तै त्यहाँ उपप्रमुखमा पनि माओवादीकै जित भएको छ । माओवादीबाट उपप्रमुखकी उम्मेदवार संगीता माझी विजयी भएकी हुन।