रुकुमको सानीभेरी गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी

सानीभेरीका १० वडामा माओवादी, एक मा कांग्रेस

काठमाडौं । रुकुमको सानीभेरी गाउँपालिका माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार नरबहादुर पुन विजयी भएका छन् ।

माओवादीका उम्मेद्वार नरबहादुर पुन निकटतम प्रतिद्धन्द्धी कांग्रेसका गोरखबहादुर चन्दले भन्दा दोब्बर मत ल्याएर विजयी भएका हुन् ।

पुनले ४ हजार ६ सय ५० मत ल्याएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गोरखबहादुर चन्दले २ हजा ६ सय १४ मत प्राप्त गरेका छन ।

उक्त गाउँपालिकाको उपध्यक्षमा पनि माओवादी केन्द्रको जित भएको छ । माओवादीकी इन्दिरा वली ४ हजार ६ सय ६१ मतसहित विजयी भएकी छिन् ।

सानीभेरी गाउँपालिकाका जम्मा ११ वटा वडामध्ये १० वटा वडामा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ भने एउटा वडामा मात्र कांग्रेसले जितेको छ ।