भक्तपुरको चाँंगुनारायण नगरपालिकामा भोलि मतदान हुने

बिहान सात बजेदेखि मतदान प्रकृया सुरु

भक्तपुर । भक्तपुरको चागुनारायण नगरपालिकाको नगरकोटमा बुधबार पुन मतदान हुने भएको छ। चागुनारायण नगरपालिको नगरकोटको ख बुथमा आइतबार भएको मतदानमा हुदाँ मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादल नभएपछि उत्पन्न विादका कारण त्यहाँको निर्वाचन पुर्न गर्न लागिएको हो ।

उक्त बुथमा बुधबार बिहान सात बजेबाट मतदान गर्ने तयारी गरि सकेको निर्वाचन कार्यालयले बताएको छ । चागुनारायणन नगरापालिकाका प्रमुख निर्वाचन अधिकृत रिन्जु डंगोलले निर्वाचन आयोगको निर्देशन नगरकोट ख बुथमा मा पुन मतदान गर्न लागिएको जनाइन्।

आइतबार भएको मतदान केन्द्रमा आठ सय सात मत खसेको थियो। त्यहाँ नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादल नभएको मतपत्रको प्रयोगबाट २२ वटा मतदान गरिएपछि विवाद सुरु भएको थियो ।

उक्त विषयमा बिवाद भए पनि मतदान प्रकृया भने सञ्चालन गरिएको थियो। मतदान भएर मतगणनाका लागि चागुनारायण नगरपालिकाको खरिपाटी विद्युत तालिम केन्द्रमा सबै मतपेटीका ल्याइएको छ।

घटनापछि नेपाली काँग्रेस, नेकपा एमाले, राष्टिय प्रजातन्त्र पार्टी मतगणणाका पक्षमा थिए तर नेमकिपाले भने खसेको २२ मत बदर गरी मतगणा गर्नुपर्ने यसअघि अडान राखेको थियो।