Update: भरतपुर महानगरमा रेणु भन्दा देवी झिनो मतले अगाडि

उपमेयरमा माओवादी प्यानलकी शाहको अग्रता

भरतपुर । चितवनको भरतपुर नगरपालिकामा हिजोदेखि जारी मतगणना जारी रहेको छ । मत गणनाको निति नियमबारे विवाद अलि ठिलो गरेर हिजो साँझ ४ः३० बाट सुरु भएको मत गणना कार्य अहिले पनि जारी रहेको छ ।

भरतपुर महानगरपालिको निर्वाचन मतगणनालाई निकै महत्वका रुपमा हेरीएको छ । त्यहाँ प्रधानमन्त्री प्रचण्डकी पुत्री रेणु दाहाल माओबादी र नेपाली कांग्रेसको तालमेलका आधारमा मेयर पदमा उम्मेदवार रहेकी छन ।

त्यहाँको अहिलेसम्मको मत परणाम अनुसार दाहाल एमालेका मेयर पदका उम्मेदवारको भन्दा झिनो मतले मात्र पछाडी छन । त्यहाँको कहिले दाहाले त कहिले ज्ञवालीले अग्रता लिदै आएका छन । दाहालले ५२८ र ज्ञवालीले ६२८ मत प्राप्त गरेका छन ।

अहिलेसम्मको मत परणाम यस्तो छः मेयर
एमाले देवी ज्ञवाली ५२८
माओवादी रेणु दाहाल ६८५

उपमेयर
एमाले दिब्या आचार्य ५९९
माओवादी पार्वती शाह ६०४