सिन्धुपाल्चोकमा मतपेटिका राखेको कोठाको चाबी गायव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मतपेटिका राखेको कोठाको चाबी कस्ले राख्यो भन्ने विषयमा अन्योलता भएको छ । 

त्यहाँको मतपेटिका राखिएको चाबी गायव भएको उम्मेदवारहरुले बताएका छन । मतपेटिका जिल्ला अदालतको कोठमा राखिएको थियो ।

नगरपालिकाको १,२,३ र ४ नम्बर वडाको मत गनिसकेपछि ५,६,७ र ८को मत गन्नका लागि मतपेटिका निकाल्न खोज्दा चाबी नभेटिएको बताइएको छ ।