बढ्दै छन अमेरिकी राष्ट्रपति ट्रम्पमाथि चौतर्फि हमला: रुसी विदेशमन्त्रीसँग गोप्य सूचना चुहाएको आरोप

पछिल्लो समाचारबाट ट्रम्पलाई ठूलो क्षति पुग्ने सम्भावना बढ्यो

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धीत एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन ।

अमेरिकाकी राष्ट्रपति ट्रम्पले त्यस्तो गोप्य सूचना चुहाएको भन्दै त्यहाँका सरकारी अधिकारीहरुले संचारमाध्यहरुसँग बताएपछि उक्त कुरा बाहीर आएको हो ।

नाम गोप्य राख्ने सर्त सहित ती अधिकारीहरुले अमेरिकी राष्ट्रपतिले अघिल्लो हप्ता रुसी विदेशमन्त्री सार्गेइ लाभ्रोभसँग भेटेको र केही गोप्य कुरा चुहाएको त्यहाँ स्थितञ्चारमाध्यमहरु समक्ष बताएका छन ।

ट्रम्सले रुसि विदेशमन्त्री लाभ्रोभसँग ओभल अफिसमा भेटघाट गर्दा पछिल्लो घटना भएको पुष्टी गर्दै अधिकारीहरुको भनाई उद्घृत गरेर उक्त गोप्य सूचनाबारे समाचार द वासिङटन पोष्टले प्रकाशन गरेको छ।

तर उक्त समाचारबारे बैठकमा सहभागी उच्च सुरक्षा अधिकारीहरुले भने झुट्टो भएको प्रतिक्रिया दिएका छन्। बैठकमा सहभागी अमेरिकी उप राष्ट्रिय सुरक्षा सल्लाहकार डिना पावेलले भनिन्–‘यो खबर झुट्टो हो, राष्ट्रपति ट्रम्पले दुवै देशले भोगिरहेका साझा खतराहरुका बारेमा मात्रै कुरा गर्नुभएको थियो। यस्तो गोप्य सूचना चुहाएको होइन ।’

उक्त समाचारबारे ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले गलत भएको बताएका छन्। राष्ट्रपति चुनावका क्रममा ट्रम्पको अभियान र मस्कोबीच साँठगाँठ रहेको आरोप ट्रम्पले खेपिरहेका छन् र त्यसमाथि अहिले पनि अनुसन्धानहरु भइरहेका छन्।

राष्ट्रपति ट्रम्पले ती आरोपहरुलाई झुट्टो समाचार भन्दै खण्डन गरिरहेका बेला पुर्न उनीमाथि यस्तो अर्को आरोप लागेको हो । चुनावी अभियानका क्रममा ट्रम्पले डेमोक्र्याटिक दलकी आफ्नी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनलाई गोप्य सूचनाहरु ठिक ढंङ्गले व्यवस्थापन नगरेको भन्दै आलोचना गर्ने गरेका थिए।

वासिङटनमा अहिले धेरैले ट्रम्पमाथि लागेको पछिल्लो समाचारबाट ट्रम्पलाई ठूलो क्षति पुग्न सक्ने आशंका गरेका छन । विगतमा गोप्य सूचनाहरु सुरक्षित रुपमा नराखेको भनेर रिपब्लिकन नेताहरुले हिलरी क्लिन्टनको निक्कै आलोचना गरेका कारण यो घटनामा राष्ट्रपति ट्रम्पसँग रुसपनि जोडिएकाले पछिल्लो विवाद थप बढ्ने देखिन्छ ।

अमेरिकी संघीय जाँच ब्युरो एफबीआइले रुससँगको सम्बन्धबारे ट्रम्पको चुनावी अभियानमाथि छानविन गरिरहेको छ।

यसअघिका राष्ट्रीय सुरक्षा सल्लाहाकार माइकल फ्लिनको बर्खस्तीसँग पनि रुसी राजदूत सर्गेइ किसल्याकसँगको भेटवार्ता मूख्य रुपमा जोडिएको थियो। सूचनाको श्रोतलाई जोखिममा राखिएको अवस्थामा अमेरिकाका साझेदारहरुले एकदमै संवेदनशील गुप्तचरी सूचना उपलब्ध गराउन आगामी दिनमा संकोच मान्ने अवस्था आउन सक्ने समेत त्यहाँ धेरैको अनुमान रहेको खुल्न आएको छ।

ट्रम्पका आलोचकहरुले उनीमाथि विदेश नीति सञ्चालनको जटिलताबारे सुझबुझ नरहेको र अनुभवको कमी रहेको टिप्पणी गरिरेहका छन्। राष्ट्रपति ट्रम्प र अमेरिकी गुप्तचर समुदायबीच तनावपूर्ण सम्बन्ध रहेको थियो।

राष्ट्रपतिलाई एकदमै अप्ठेरोमा पार्न सक्ने पछिल्लो समाचार घटना भएको एकसातामा नै बाहिर ल्याइएको छ।ूयदी यसलाई राष्ट्रपति ट्रम्पमाथि पछाडीबाट कसैले छुरा प्रहार गरिएको रुपमा ठान्ने हो भने त्यो कहाँबाट हानियो भन्ने आशंका गर्न खासै गाह्रो पर्दैन, जर्चरले उल्लेख गरेका छन्। (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुबाट )