अहिलेसम्म एमाले पहिलो कांग्रेस र माओवादीबीच दोश्रो हुन प्रतिश्प्रर्धा

कहाँ कसले कति स्थानमा जित्यो ? विस्तृत जानकारी सहित

काठमाडौं । पहिलो चरणमा मतदान सम्पन्न तीन प्रदेशका २ सय ८३ स्थानमध्ये सोमबार मध्यरातसम्म १४ स्थानको नतिजा प्राप्त भएको छ।

मनाङको सबै नतिजा प्राप्त भइसकेको छ भने डोल्पा, मुस्ताङ, कालिकोट, बाग्लुङ र जुम्लाका केही स्थानमा अन्तिम नतिजा प्राप्त भएको छ।

अहिलेसम्मको परिणामअनुसार एमालेले १४ गाउँपालिकामध्ये ५ स्थानमा विजय हासिल गरेको छ भने ४ स्थानमा कांग्रेसले सुरक्षित गरेको छ। माओवादी केन्द्रले पनि ४ गाउँपालिकामा विजयी भएको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा दोश्रोको प्रतिश्प्रर्धामा कांगे्रस र माओवादी रहेको देखिएको छ ।

त्यस्तै मुस्ताङको दोलामे गाउँपालिकामा स्वतन्त्र पक्षका उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन् ।

त्यस्तै जिल्लागत रुपमा मेयर र उपमेयरपदको अवस्थालाई हेर्दा मुस्ताङका लोमान्थाङ र तमानखोला नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसले जितेको छ, भने दोलामेमा स्वतन्त्रका उम्मेदवारले जितेका छन र घरपझङमा एमालेले जितेको छ । त्यस्तै त्यहा उपमेयरमा क्रमस कांग्रेस र एमालेले जितेका छन ।

त्यस्तै जुम्लाको गोठीचौर नगरपालिकामा मेयर र उपमेयरमा माओवादीले जितेको छ । त्युैगरी डोल्पाको जम्दुल्ला नगरपालिकाको मेयर र उपमेयरमा पनि माओवादीले जितेको छ । र डोल्पाकै मुड्केचुला नगरपािलकाको मेयरमा माओवादी र उपमेयरमा एमालेले जितेको खबर प्राप्त भएको छ ।

त्यसैगरी कालीकोटको सान्नीत्रिवेणी नगरपािलकाको मेयर र उपमेयर दुबै पदमा माओवादीले जितेको छ भने मनाङको नारफु नगरपािलकामा मेयरमा कांग्रेस र उपमेयरमा स्वतन्त्र उम्मेदवारले जितेका छन । यो खबर हामीले विभिन्न पत्रपत्रिकाहरुबाट संकलन गरेका हौ ।