भरतपुरमा कांग्रेसका ६० प्रतिशत मत मात्र प्राप्त हुन सके प्रधानमन्त्री पुत्री दाहालको जित निश्चित

कांग्रेस कार्यकर्ताले बुझेनन् मतदाता

काठमाडौं । निर्वाचनमा केन्द्रका राजनीतिक दलहरुबीच तालमेल भएपनि त्यसलाई मतदाताले नबुझ्दा उम्मेदवार नै नभएको ठाउँमा मत परको छ ।

मतदाताले तालमेल नबुझेर मतदान गरेका कारण नतिजा पनि तालमेल विपरीत आउन सक्ने संकेत देखा परेको छ, तर अहिले सम्मको मत गणना अनुसार दाहाल अग्र स्थानमै रहेकी छन ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयरमा उम्मेदवार भएका कारण भरतपुर महानगरपालिकाको चुनाव परिणामप्रति धेरैको चासो छ ।

रेणुको भाग्यको निर्धारण कांग्रेसका मतदाताले गर्नेछन् । भरतपुरमा कांग्रेसका करिब ६० प्रतिशत मत प्राप्त गरेमात्रै दाहलले जित्ने अनुमान सञ्चारमाध्यमले गरेका छन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।