विप्लवका कार्यकर्ताहरुले कसरी गरेका थिए कालिकोट घटना ?
ढुङ्गा मुढा सहित देखिए, प्रहरीमाथि आक्रमण गरे
प्रकासित मिति : २०७४ जेष्ठ २, मंगलवार
प्रकासित समय : ०६:५३
सुर्खेत । बेलुकाको चार बज्दै थियो मतदाता परिचयपत्र लिएका सर्वसाधारण भोट हाल्न ब्यत थिए । माओवादी केन्द्रका कार्यकर्ताले निर्वाचन वहिष्कार गरेको विप्वल नेतृत्वको नेकपाका कार्यकर्ताहरुको नामको मतदाता परिचयपत्र लिएर फर्जी मत हाल्नु सुरु गरे ।
मतदान स्थलमै रहेका विप्वलवका कार्यकर्ताले त्यसको विरोध गरे । प्रहरीले विप्लवका कार्यकर्तालाई मतदान स्थलबाट लाठीचार्ज गरेर भगायो ।
साँझ पाँच बजे मतदान सकिएपछि निर्वाचन अधिकृत दुर्गा भट्टले उम्मेदवारको रोहबरमा मतपेटिका लिदै गर्दा अचानक देखिएका विप्लवका कार्यकर्ताहरुले आक्रमण गरे ।
यसरी आक्रमण गरेका विप्लव कार्यकर्ताहरुले प्रहरीलाई मतपेटिका उठाउ रोक्न चेतावनी दिदै चारैतिरबाट ढुंगा प्राहार गरे । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।