मोवाइलबाट आयो महिला उम्मेदवारलाई यस्तो धम्की
प्रकासित मिति : २०७४ जेष्ठ २, मंगलवार
प्रकासित समय : ०६:४०
भक्तपुर । स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुर नगरपालिकामा निर्विरोध विजयी भएकी एक दलित महिला उम्मेदवारलाई राजीनामा गर्न धम्की आएको छ ।
भक्तपुर नगरपालिका ७ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित रिजु कपालीलाई मोबाइलमार्फत राजीनामा दिन धम्की आएको हो ।
एनसेलको नम्बरबाट फोन गरी सोमबार नै राजीनामा दिन र नदिए राम्रो नहुने धम्की दिइएको नेमकिपा भक्तपुर नगरसमितिको भनाइ छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।