पर्यवेक्षण गर्न नदिएका भन्दै निर्वाचनप्रति बेलायतको गुनासो

निर्वाचनमा जनसहभागिताको स्वागत

काठमाडौं । बेलायतले दुई दशकपछि भएको स्थानीय निर्वाचनमा आफुहरुलाई पर्यवेक्षण गर्न नदिएकामा गुनासो ब्यक्त गरेको छ ।

निर्वाचनमा देखिएको जनसहभातिको स्वागत गर्दै बेलायती दुतावासले निर्वाचनको बधाई प्रदान गरेको छ । बेलायती राजदूतावासले विज्ञप्ति निकाल्दै निर्वाचनमा आफुलाई पर्यवेक्षण गर्न नदिइएको भन्दै गुनासो समेत पोखेको छ ।

उसले निर्वाचनमा देखिएको जनसहभागिताको स्वागत गरेपनि निर्वाचनका क्रियाकलापबारे भने अहिले कुनै प्रतिक्रिया नदिने विज्ञप्ती मार्फत जनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।