मतपत्रमा निर्वाचन आयोगको लापरबार्हीः कुतै आवश्यकता भन्दा बढि कतै कम चुनाव चिन्ह

मतगणनामा जटिलता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको अवस्थालाई ख्याल नगरी अनावश्यक चुनाव चिन्हले भरिएको मतपत्र पठाउँदा मतगणनामा जटिलता आएको निर्वाचन प्रक्रियामा संलग्न अधिकारी बताउँछन्।

सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा मेयरका ११ उम्मेदवार छन्। तर आयोगले पठाएको मतपत्रमा मेयर पदमा मात्र २८ चुनावचिन्ह छन् ।

निर्वाचन आयोगले तयार गरेको मत पत्रमा यस्तो मत पत्रहरु भएको भन्दै विभिन्न अन्य स्थानहरुमा निर्वाचनकै दिन पनि विरोध भएको थियो ।

अहिले यस्तै आन्तरिक समस्याका कारण मत गणनामा ढिलाई उत्पन्न भएको छ । यो समाचार आजको नागरिकमा प्रकाशित रहेको छ ।