सल्यानको कपुरकोट गाउंपालिका १ मा माओवादी विजयीः विजयी उत्सवको तयारी

दार्मा गाउंपालिका वडा नम्बर ६ मा पनि माओवादी अग्र स्थानमा

सल्यान । नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुको संयुक्त प्यानल सल्यानको कपुरकोट गाउंपालिका १ मा विजय भएका छन । विजय भएपछि त्यहाँ अहिले विजयी उत्सव मनाउन शुरु गरिएको स्थानीय पत्रकारले हरपल नेपाल डटकमलाई जानकारी गराएका छन ।

नेकपा माओवादी केन्द्रले कपुरकोट गाउंपालिका १ अन्तर्गत अध्यक्ष सहित सबै सदस्यको पुरै प्यानल जितेको बताइएको छ । पुरै प्यानलको जित भएको भन्दै स्थानीय नेता,कार्यकर्ताहरुले अहिले विजयी उत्सवको तयारी गरेका हुन ।

सल्यानको कपुरकोट गाउंपालिका १ वडामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बालाराम खड्काले ४०० मत ल्याएर विजयी भएका हुन । उनले आफ्ना प्रतिद्धन्द्धीहरुलाई हराउदै जितेपछि वडावासीको मतको सधै सम्मान गर्दै अघि बढ्ने बताएका थिए ।

एमालेको तर्फबाट वडा नम्बर १ मा अध्यक्षका उम्मेद्धार तेज बहादुर रानाले ३ सय ३० मत ल्याएका छन् भने कांग्रेसका चन्द्र बहादुर घर्तीले ३२ मत ल्याएका छन् । स्थानीय निर्वाचनमा कांग्रेसका आफ्नै उम्मेदवार भएपनि धेरैले माओवादीलाई सहयोग गरेको स्थानीयको भनाइ रहेको छ ।

त्यस्तै सल्यानको दार्मा गाउंपालिका वडा नम्बर ६ मा पनि माओवादी केन्द्रको विजयी भएको छ । त्यस्तै ढोरचौर २ मा पनि माओवादी केन्द्र विजयी भएको बताइएको तर त्यहाँको सम्पूर्ण मत परिणाम भने आउन बाँकी नै छ ।

यता शारदा नगरपालिकामा काँग्रेसबाट मेयर शुरेस अधिकारीले २६६ मत प्राप्त गरेका छन । त्यसै गरी एमालेबाट मेयरका उम्मेदवार राम खड्कीले ३२२ र माओवादी केन्द्रबाट मेयरका उम्मेदवार प्रमोद श्रेष्ठले १४२
र राप्रपाबाट मेयरका उम्मेदवार मनोज प्रधानले २८० मत प्राप्त गरेका छन ।