कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा माओवादी उम्मेद्वार बिजयी

नौ वडाहरु मध्ये ३ मा माओवादी नै विजयी

कालिकोट । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिको प्रमुखमा माओवादी केन्द्रका उम्मेद्वार डम्बर शाही विजयी भएका छन् ।

गाउँपालिको अध्यक्ष पदका उम्मेदवार शाहीले २११० मत ल्याएका छन । उक्त गाउँपालिकाको उपाध्यक्षमा माओवादी प्यानलका उम्मेदवा होइजा बुढा गिरी विजयी भएका छन्। गिरीले पनि प्रतिद्धन्द्धीलाई फराकिलो अन्तरले हराउदै जित हासिल गरेका छन ।

उक्त गाउँपालिकाको ९ वडाहरु मध्ये माओवादीले ३ वटा वडामा जितेको छ । त्यसैगरी कांग्रेसले ३ ,एमाले २ र राप्रपाले १ स्थानमा विजय गरेको छ ।