मेलम्ची नगरपालिका– १ मा एमाले विजयी

मेलम्ची । मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी भएका छन ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गरेका छन । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ ।

यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका डम्मर अर्यालले ८०५, नेकपा ९माओवादी केन्द्र्रका श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गरेका छन ।

यस्तै नगर उपप्रमुखमा नेकपा एमालेका भगवती नेपालले ८३१, नेकपा माओवादी केन्द्रका मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गगरेको निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिए। रासस