update: भरतपुर महानगरपालिकाको मतगणना सुरुः चुनावी तालमेलका आधारमा दाहालले जित्ने सम्भावना

मत गणना महानगरको वडा नम्बर १ बाट सुरु गरिदैँ

चितवन । मत गणनाकाको लागि निति नियम बनाउने विषयमा विवाद उत्पन्न भएपछि रोकिएको भरतपुर महानगरपालिकाको मत गणना कार्य अहिले सुरु गरिएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १ रामनगर क्षेत्रबाट त्यहाँ मतगणना सुरु गरिएको बताइएको छ । मतगणना भरतपुर स्थित कर्भड हलमा गरिदैँछ ।

त्यहाँ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच उम्मेदवारीमा तालमेल गरिएको थियो । दुई पार्टीको तर्फबाट मेयरमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डक पुत्री रेणु दाहाल रहेकी छन । अधिकाशं मानिसहरुले भरतपुरको निर्वाचन परिणामलाई बडो रुची पूर्वक हेरेका छन ।

प्रधानमन्त्री पुत्री दाहाललाई मेयरमा कांग्रेसले समर्थन गरेपनि त्यहाँका स्थानीय कांग्रेस पार्टीका नेताहरुले असहयोग गरेको हुन सक्ने चर्चा बाहिर आएको छ, तथापि मेयर पदकी उम्मेदवार दाहाल भने आफुले जित्नेमा ढुक्क बनेकी छिन ।

उनको प्रतिद्धन्द्धीका रुपमा एमालेका उम्मेदवार देवी ज्ञवाली रहेका छन, त्यहाँ कडा प्रतिश्प्रर्धा हुने धेरैले अनुमान गरेका छन । चितवनको मेयरको चुनावी मत गणनाको मुख्य दलका शिर्ष नेताहरु समेत प्रर्खाइमा रहेको जानकारी प्राप्त भएको छ ।

प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानले मुचुल्का क्रममा रुजु गरिएका टिपोटको अर्थ नराखी खसेको मतलाई मात्र निर्विवाद ढंगले गणना गर्नुपर्ने भन्दै दबाव दिएपछि मतगणना कार्य केही ढिला माात्र सुरु भएको हो ।

दिउँसो बसेको बैठकमा प्रमुख निर्वाचन अधिकृतले प्रचलित कानुन बमोजिम मत गणना गर्न तयार रहने बताएपछि त्यहाँ अहिले गणना कार्य सुरु भएको बताइएको छ ।

यसअघि सर्वदलीय बैठकमा माओवादी केन्द्रका प्रतिनिधिले हँसिया हथौडा चिह्नका साथै रुख चिह्नमा आएको मत पनि आफ्नो पक्षमा गणना हुनुपर्ने माग अघि सारेका थिए । दलहरुले मतदाताभन्दा बढी मत कुनै मतपेटिकामा भेटिए मान्य नहुने अडान राखेका थिए ।