UPDATE: काठमाडौं महानगरपालिकामा कांग्रेसको अग्रता

प्रतिश्प्रर्धामा एमाले, माओवादी धेरै पछाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । हरपल नेपाललाई प्राप्त अहिलेसम्मको प्रारम्भीक मतपरिणाम अनुसार कांग्रेसबाट मेयरका उम्मेदवार राजुराज जोशीले झिनो मतअन्तरले एमाललेलाई उछिन्दै अग्रता लिएका छन ।

काग्रेसका उम्मेदवार जोशीले अहिलेसम्म १६ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका विद्यासुन्दर शाक्यले १४ मत प्राप्त गरेका छन ।

त्यसै गरी अहिलेसम्मको मत गणना अनुसार विवेकशील नेपालीकी रञ्जु दर्शना पनि प्रतिप्रधामा अगाडि नै देखिएकी छन । उनले १० मत ल्याएकी छिन् ।

पहिलो चरणमा गणना गरीएको ८५ मतको मध्येको यो परिणामलाई हेर्दा त्यहाँ माओवादी केन्द्रका उम्मेदवार लगाएत अन्य साना दलका मेयर पदका उम्मेदवारको अवस्था कमजोर रहेको देखिन्छ ।