डोल्पाको काइके गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा राप्रपा विजयी

कांग्रेसका उम्मेदवारले ८० मात्र ल्याए

डोल्पा । डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा राप्रपाको विजय भएको छ । एमालेबाट अध्यक्ष पदका उम्मेदवार अंगत रानाले कांग्रेसका निकटतम प्रतिद्धन्द्धी हुरा बुढालाई ८४० मतले पछि पार्दै जित गरेका हुन ।

त्यहाँ एमालेको सम्पूर्ण प्यानल सहित प्यानल विजय भएको बताइएको छ । भर्खरै सम्पन्न मतगणाको अन्तिम परिणाम अनुसार एमालेका अंगत रानाले ९२० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हुरा बुढाले ८० मत मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी त्यहाको उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा बिजयी भएका छन् । अन्य पदमा एमालेको प्यानका उम्मेदवारहरु विजय भएको बताइएको छ ।