सुर्खेतको गुर्बाकोट नगरपालिकाको १ नम्बरमा एमाले विजयी

अध्यक्षमा लालबहादुर खासले ७३६ मत ल्याए

सुर्खेत । सुर्खेतको गुर्बाकोट नगरपालिका वडा नम्बर १ मा एमाले विजयी भएको छ । वडा नम्बर १ मा एमालेको सम्पूर्ण प्यानलनै विजयी भएको बताइएको छ ।

वडा नम्बर १ मा एमालेका उम्मेदवार लालबहादुर खासले ७३६ मत ल्याएर विजयी भएको छन । उनको प्यानलबाट महिला सदस्य तिलसरा रानाले ७३५ मत लयाएर विजयी भएकी छिन् ।

दलित सदस्य भोलिमाया सुनारले ७१६, खुला सदस्य खिम बहादुर थापले ६९५र खुला सदस्य चित्रबहादुर राजी ७०९ मत ल्याएर विजयी भएका छन् ।