जाजरकोटको शिवालयमा माओवादीको प्यानल विजयी

वडा अध्यक्षका उम्मेद्वर पुनले २६९ मत प्राप्त

जाजरकोट । जाजरकोटमा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । शिवालय गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रका उम्मेद्वार मानवहादुर पुनको प्यानल विजयी भएको हो ।

निर्वाचन कार्यालयका अनुसार वडा अध्यक्षका उम्मेद्वर पुनले २६९ मत प्राप्त गरेका छन् । महिला सदस्य रामसरी रानाले २४७ मत ल्याएकी छिन् ।

त्यस्तै भद्री दमाईंले २६०, चन्द्रबहादुर पुनले २७० र कृष्ण रानाले २६१ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।