रुकुमका दुई स्थानमा माओवादीको पुरै प्यान विजयी

अन्य स्थानमा मतगणना जारी

रुकुम । हिजो भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा रुकुम जिल्लाको मतगणना सिध्याएर मतपरिणाम आउन सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार रुकुम जिल्लाको पछिल्लो मत परिणाम जिल्लाको दुई स्थानमा बाँफिकोट र सानोभेरी गाउँपालिकामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपलिका वडा नं. १ मा माओवादी केन्द्रका अध्यक्ष हर्कु मल्लसहितको प्यानल विजयी भएको छ ।

त्यस्तै, सानोभेरी गाउपालिकाको वडा नं. १ मा पनि माओवादी केन्द्रका टेकवहादुर पुन छाया नेतृत्वको प्यानल बिजयी भएको छ निवार्
चन आयोगले जनाएको छ ।

अन्य स्थानको मतगणना जारी रहेको र मतपरिणाम आउन बाँकी रहेको आयोगले जनाएको छ ।