काठमाडौं, पोखरा र भरतपुरको मतगणना आज हुने

ललितपुरमा मतगणना हुँदै, कांग्रेस अग्रस्थानमा

काठमाडौं । स्थानीय तहको पहिलो चरणक निर्वाचन सकिए सँगै तीनवटा महानगरपालिकाहरु काठमाडौं, पोखरा र भरतपुरको मतगणता आज बिहानदेखि शुरु हुँदैछ ।

ललितपुर महानगरपालिकाको मतगणना भने (हिजो) आइतबार राति करिब १२ बजे देखि नै सुरु भइसकेको आयोगले जनाएको छ ।

सोमबार बिहान साढे ५ बजेसम्मको नतिजा अनुसार ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११० मतसहित अग्रस्थानमा छन् भने दोस्रोमा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको ७८ र तेस्रोमा माओवादी केन्द्रका दिनेश महर्जनको २८ मत खसेको छ ।

काठमाडौंको कीर्तिपुर, चन्द्रगिरी, शंखरापुर, दक्षिणकाली लगायतका नगरपालिकामा पनि आइतबार रातिदेखि नै मतगणना सुरु भएको छ ।

मनाङ, रुकुम, जुम्ला, नवलपरासी आदि जिल्लामा केही स्थानीय तहमा पनि राति देखि नै मतगणना सुरु भएको छ ।