भक्तपुरमा सबैभन्दा बढि र मनाङमा सबैभन्दा कम मत खसे

काठमाडौं । आईतबार सम्मपन्न पहिलो चरणको स्थानी तह निर्वाचनमा भक्तपुरमा सबैभन्दा बढि र मनाङमा सबैभन्दा कम मत खसेको निर्वाचन अयोगले जनाएको छ ।

भक्तपुरमा ८३ प्रतिशत र मनाङमा ५३.२३ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ मतदान गरेका छन भने मनाङमा पाँच हजार ९४ मतदाताले मात्र मतदान गरेका छन । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।