चीसँग नेपालको प्रस्तावः ‘रेल लिंकमा काठमाडौं जोडौं’

काठमाडौं । चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्ग लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको छ ।

बेइजिङमा आइतबार सुरु भएको वान बेल्ट वान रोड (ओबर) को अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन आएक उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ याङलाई यस्तो आग्रह गरेका हुन् ।

स्याप्रुवेशी–रसुवागढी सडक विस्तारमा चीनको सहयोगसम्बन्धी सम्झौताका क्रममा महराले उपप्रधानमन्त्री वाङसँग छुट्टै कुराकानी गर्दै भने–‘राजधानीलाई चिनियाँ रेलमार्गले जोड्न अत्यावश्यक छ । इसका लागि चीनले सहयोग गर्नुपर्यो ।’

चीनले यसअघि राखेको काठमाडौंसम्म रेलमार्ग ल्याउने र त्यो रेललाई पोखरा र लुम्बिनीसम्म लैजाने विषयमा पनि छलफल भएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।