११ प्रतिशत नेपालीले भोट खसाल्न पाएनन्

काठमाडौं । मुलुकमा निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल जनसंख्याको ११ प्रतिशत मताधिकारबाट बञ्चित हुने देखिएको छ ।

आइतबारको निर्वाचनमा मात्रै करिब ५.५ प्रतिशत नेपाली स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित भएको अनुमान गरिएको छ ।

नेपाल बाहिर हाल ४० लाख भन्दा बढी नेपाली रहेको र तीमध्ये ९० प्रतिशत भन्दा बढी मताधिकारका लागि गोप्य रहेको बताइन्छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।