निर्वानचको समय सकियोः कहाँ के के भयो ? सम्पूर्ण जानकारी सहित हेर्नुहोस्

दुई स्थान बाहेक सबै ठाउँमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

हरपल विशेष । लामो समयको पर्खाइपछि आज तीनवटा प्रदेशमा स्थानीय तहको निर्वाचन अबधि सकिएको छ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले बताएको छ ।

आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन प्रकृयामा अहिलेसम्म ५० प्रतिशत भन्दा बढि मतदाताहरु मतदान गरिसकेका छन । आज ३४ जिल्लाका २ सय ८३ स्थानीय तहकाहरुमा चुनाव भइरहेको छ ।

मतदान प्रकृया साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगका मुख्य आयुक्त डा. अयोधीप्रसाद यादवले हरपल नेपालसँग बताएका छन ।

निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत आज भएको निर्वाचनमा दुईवटा केन्द्रमा मात्र अबरोध भएको जनाएको छ । आयोगका अनुसार दोलखाको बिगु र काभ्रेको नमोबुद्धमा मतदान भएको छैन ।

दोलखामा चुनावी झडपको क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत मेलु १ छटेश्वर मावी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाएको गोली लागेर कांग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बताइएको छ ।

झडपका करण चार जना गम्भीर घाइते भएका छन्उ, नीहरुको थप उपचारको काठमाडौं लगिदै छ । त्यसैगरी काभ्रेको नमोबुद्धमा मतदान केन्द्रमा पनि विवाद देखिएको छ ।

निर्वाचनको सन्दर्भमा आज कहाँ के के भयो ? सम्पूर्ण जानकारीको लागि तलका लिंकहरुमा क्लिक गर्नुहोस् ….