मकवानपुरमा मतदान केन्द्रमै मतदाताको मृत्यु

दमका कारण मृत्यु भएको पुष्टि

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा–३ वत्सलादेवी मावि टेकरमा मतदान गर्न आएका एक युवा मतदाताको मतदान स्थल मै मृत्यु भएको छ ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ मा बस्ने २२ वर्षीय वीरमान पाख्रिनको मतदान केन्द्रमै मृत्यु भएको मतदान अधिकृत बिष्णुबहादुर सिलवालले बताएका छन ।

पाख्रिन लामो समयदेखि दमको बिरामी रहेको उनका भाई श्रीमान पाख्रिनले जानकारी दिएका छन । मतदान अधिकृत सिलवालले मृत्युको भएको पुष्टि गरेका छन् ।