ओलीद्वारा सरकारको कडा आलोचनाः उम्मेदवारलाई मतदान केन्द्रमा जान नदिएको आरोप

स्थिरता र स्थायीत्वको लागि निर्वाचन महत्वपूर्ण भएकोमा जोड

भक्तपुर। नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधी विकास निर्माणका साथै देशको समृद्धिका लागि जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

सुर्यविनायक नगरपालिका वडा नंम्बर २ स्थित महेन्द्र शान्तिमा बालकोटमा रहेको मतदान केन्द्रमा मतदान गरिसकेपछि अध्यक्ष ओलीले सञ्चारकर्मीको जिज्ञासामा त्यस्ता बताएका हुन् ।

उनले सरकारले देशका विभिन्न स्थानमा सताँको बलको आडमा मतदाता र उम्मेदवारलाई मतदान केन्द्रमा जान नदिएको भन्दै सरकारको कडा आलोचना समेत गरेका छन् ।

स्थानीय तहको आजको निर्वाचन स्थिरता र स्थायीत्वको लागि महत्वपूर्ण भएकोले युवापिढी निराशा होईन आशावादी हुनुपर्ने उनको भनाई थियो ।