भक्तपुर निर्वाचन केन्द्रमा विवादः मतपत्रमा मादल चिन्ह नै गाएव (विज्ञप्तीसहित)

मतदान अधिकृतले नै रुखमा मतदान गर्न सिकाएको आरोप

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित सावित नगरकोट गाविसको गाविस भवनमा रहेको मतदान केन्द्रमा विववाद भएको छ ।

मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले अशक्तहरुको आग्रह विपरित गोप्य कोठमा गएर रुख चिन्हमा छाप लगाईदिएको मतदाताले बताएका छन् ।

मतदान अधिकृत अरुण रन्जीतलाई मतदाताले मादल चिन्हमा मतदान गरिदिन आग्रह गरेपनि उनले रुखमा मतदान गरिदिएको मतदाताले मौखिक रुपमा उजुरी गरेका थिए ।

मतदाताले यस्तो उजुरी गरेपछि केही समय त्यहाँको मतदान प्रक्रिया रोकिएको थियो । केहीेबेरको विवादपछि मतदान अधिकृत रञ्जितले सार्वजनिक रुपमै माफी मागेका छन् ।

यसपछि मदतान प्रक्रिया नियमित भएको छ । निर्वाचन ऐन नियम र आचारसहिंता विपरित क्रियाकलाप गर्ने मतदान अधिकृतलाई कारवाही गर्न निर्वाचन आयोग र सरकारसँग नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तीमा माग गरिएको छ ।