कहाँ कसरी हुदैछ मतदान, विस्तृत समाचारः नुवाकोटमा ११५ वर्षीयाले मतदान सुभारम्भ गरिन

निर्वाचनपछि मुलुकमा शान्ति र विकास आउने जनताको आशा

नुवाकोट । ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी छन ।

ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन।

उनका छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेको मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिए । विसं १९५९-१२-१० मा जन्मीएकी लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको उनले बताए ।

यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रको शुभारम्भ गरिन ।

यता, सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षीय अनन्तप्रसाद अधिकारीले मतदान गरेका छन । मतदान अधिकृत सिंहबहादुर तामाङका अनुसार बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरी शुभारम्भ गरिएको हो ।

लमजुङमा निर्वाचनको सुभारम्भ ९३ वर्षीया नैनाकुमारी गुरुङबाट भएको छ । दूधपोखरी गाउँपालिकाअन्तर्गत बालोदय आधारभूत माविमा रहेको मतदान केन्द्रमा गुरुङले मतदान गरेको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शङ्करप्रसाद खरेलले जानकारी दिएका छन। रासस