मतदान सुरु हुनासाथ दोलखामा फायरिङः केही मतदाता घाइते

फायर कस्ले गर्यो, प्रहरी अझै अलमलमा

दोलखा । अपरिचित ब्यक्तिद्धारा आज निर्वाचनमा सहभागि हुन जाने क्रममा दोलखामा हवाई फायरीङ भएको छ । उक्त फायरबाट केही मतदाताहरु समेत घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय दोलखाले बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्न हवाई फायर गरिएको आशंकका गरिएको बताएको छ ।

हरपल नेपाल डटकमसँग कुरा गर्दै प्रहरीले भन्यो–‘ अचानक फायर भएको आवाज आयो, सुरक्षामा खटिएका टोलीहरु त्यता सक्रिय भएपछि अहिले त्यहाँको अवस्था नियन्त्रणमा आएको छ । हवाई फायरबाट केही मतदाता घाइते भएका छन् उनीहरुलाई उपचारको ब्यवस्थामा हामी लागेका छौ । अहिले अवस्था सामान्य रहेको छ ।’

प्रहरीका अनुसार उक्त घटना दोलखाको बैत्वश्वरको गैरमुदी निर्वाचन केन्द्रमा आज बिहान भएको हो । प्रहरीले फायर गर्ने ब्यक्ति वा समूह को हो भन्ने अहिले नै पहिचान भै नसकेको र उनीहरुको खाजी कार्य भै रहेको जनाएको छ ।

उक्त घटनाबारे एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्न फायरिङ गरेको बताउँदै एमालेका स्थानीय नेताहरुले आरोप लगाएका छन भने सत्ताँरुढ दलका नेताहरुले भने त्यसलाई अस्विकार गरेको स्थानीय मतदाताले बताएका छन ।

उक्त घटनाबाट एमालले आफ्ना केही कार्यकर्ता समेत घाइते भएको भन्दै आक्रोश ब्यक्त गरेको छ ।