ट्रम्पलाई कडा चेतावनीः उत्तर कोरियाद्वारा ७ सय किलमिटरमाथि उड्ने क्षेप्यास्त्र परीक्षण

ट्रम्पले विध्वंशकारी युद्ध नीति अंगाल्ने खतरा

कोरिया । उत्तर कोरियाको सेनाले पहिचान नखुलेको एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उक्त क्षेप्यास्त्र उत्तर कोरियाको उत्तर पश्चिम शहर गुसङबाट प्रहार गरिएको र त्यो झण्डै ७ सय किलमिटरमाथि सम्म उडेको दक्षिण कोरियाली सेनाले दाबी गरेका छन।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघका प्रतिबन्धहरुलाई उल्लंघन गर्दै पाँच वटा परमाणु परीक्षण गरिसकेको छ र लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रहरुको विकास गर्ने प्रयासलाई निरन्तरता दिदै आएको छ।

उक्त क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुन जे इनले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक आयोजना गरेका छन भने त्यसले अमेरिकी राष्ट्रपपति ट्रम्पलाई समेत आक्रोसित तुल्याएको समाचारहरु आएका छन्।

अमेरिकी राष्ट्रपपति ट्रम्पले यसअघि नै अमेरिकी मूलभूमिसम्म प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र विकास गर्न उत्तर कोरियालाई नदिने बताउँदै आए पनि उत्तर कोरियाले आफ्नो कदम भने रोकेको छैन।

यसअघि ट्रम्पले क्षेप्यास्त्र विकास गर्न रोक्नका लागि उत्तर कोरियाली नेता किम जङ उनसँग कुराकानी गर्ने तयारी गरेको भएपनि उत्तर कोरियाले आफ्नो कदम नरोकेको भन्दै उनले एकदमै ठूलो द्वन्द्व हुनसक्ने चेतावनी पनि दिए ।

उत्तर कोरियालाई अमेरिकी राष्ट्रपपित ट्रम्पले दिएको उक्त चेतावनीमा चीनसमेत संलग्न हुनसक्ने भएकाले ट्रम्पले साँच्चै नि विध्वंशकारी किसिमको युद्धको नीति अंगाल्ने अवस्थमाबाट पछि हटेको धरैले अनुमान गरेका छन ।

जपान सरकारले उक्त क्षेप्यास्त्र जापानी समुद्रमा खसेको जनाएको छ। दुई हप्ताअघि उत्तर कोरियाले गरेको एउटा क्षेप्यास्त्र परीक्षण केही मिनेटमा विफल भएको थियो।

उक्त घटनाले उत्तर कोरियाको पछिल्लो अवस्था विस्तारै क्युबाली क्षेप्यास्त्र संकट जसरी विकास भइरहेको देखिएको विभिन्न सञ्चा्माध्यमहरुले जनाएका छन।

अक्टोबर १९६२ मा भूउपग्रहमार्फत खिचिएका तस्वीरले सोभियत संघले फ्लोरिडाको तटीय क्षेत्रभन्दा केही बाहिर क्युबाली भूभागमा क्षेप्यास्त्र अखडा निर्माण गरिरहेको देखाएको थियो।

तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीले आफूलाई उक्त कदम मान्य नहुँने भन्दै त्यसले ूलक्ष्मण रेखाू पार गरेको प्रतिक्रिया दिएका थिए। युद्ध नै हुने परिस्थिति देखिएपछि सोभियत नेता ख्रुस्चेभ पछाडी फर्किएका थिए। (एजेन्सी/अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट)