भरतपुरमा प्रधानमन्त्री प्रचण्डद्वारा मतदान

मतदान गर्ने पहिलो व्याक्ति प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन ।

उनले भरतपुर महानगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन ।

उक्त लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेमा प्रधानमन्त्री प्रचण्ड पहिलो व्याक्ति रहेका छन । प्रधानमन्त्री प्रचण्ड मतदान गर्न हिजो (शनिबार) नै चितवन गएका थिए ।

चिवनको भरतपुर महानगरपालिकाबाट मेयरको उम्मेदवारमा प्रधानमन्त्री प्रचण्डकी पुत्री रेणु दाहाल रहेकी छन ।