मृतकको मृगौला दुईजनालाई प्रत्यारोपण

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुलुकमै पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक ब्यक्तिको मृगौला दुई जनामा प्रत्यारोपण गरेको छ ।

मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक एंव बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत विहीबार मस्तिष्क मृत्यु भएका एक ब्यक्तिमा दुईवटा मृगौला झिकेर दुई फरक ब्यक्तिमा प्रत्यारोपण गरिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।