गिरफ्तार कार्यकर्ता रिहाइको माग गर्दै आज नेकपाद्धारा नेपाल बन्द आव्हान

विरोधमा संलग्नलाई पक्राउ गरिएको प्रहरीको भनाई

काठमाडौं । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गिरफ्तार कार्यकर्ताहरुको रिहाइको माग गर्दै नेपाल बन्दको आह्वान गरेको छ ।

नेकपाले भोली हुन लागेको पहिलो चरणको स्थानीय निकायको निर्वाचन खारेजीको माग गर्दै निर्वाचन विरोधी अभियान चलाएको भन्दै प्रह्रीले नेकपाका नेताहरुमाथि कडा निगरानी राख्ने, अनुसन्धान गर्ने र नियन्त्रणमा लिने कार्य गरिरहेको छ ।

विभिन्न स्थानबाट आफ्ना नेता, कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रमा लिएको र झुट्टा मुद्धाहरुमा फसाउन खोजेको भन्दै नेकपाले हिजो एक विज्ञप्ती निकाल्दै आज नेपाल बन्दको आह्वान गरेको हो ।

नारायणी ब्यूरो ईन्चार्ज चिरन पुन द्धारा जारी प्रेस वक्तव्यमा उल्लेख गरीएको छ–‘अहिले देशमा दलाल पूँजिवादी संसदीय व्यवस्थाका असली मतियार प्रचण्ड नेतृत्वको सरकार भएको भन्दे यो सरकारले पुरानो संसदवादी सत्ता र परम्परालाई बचाउन कथित स्थानीय निर्वाचनको नौटंकीमा बल लगाएर जनतालाई दमन गर्न कस्सिएको र स्थानीय निर्वाचनले जनताको अधिकार सुनिश्चि गर्न सकदैन।’

देशैभर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरिएको र नारायणी ब्युरो अन्र्तगत पनि पर्सा जिल्ला ईन्र्चाज लक्ष्मण उप्रेती र मकवानपुर जिल्ला सदस्य महेश चेपाङलाई गिरफ्तार गरी मानसिक र शारिरिक यातना दिईएको प्रति घोर भत्सना गर्दै गिरफ्तार सम्पुर्ण कार्यकर्तालाई विनाकार रिहा गर्न सम्बन्धि पक्षेकोध्यान आमर्षण प्रेस वक्तव्य मार्फत गराइएको छ ।

त्यसैगरी हिजो विप्लव निकटको पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले पनि विज्ञप्ति निकाल्दै बिना कारण पत्रकारहरुमाथि प्रहरीले निगरानी बढाएको, धम्क्याएको र नियन्त्रणमा लिएको भन्दै विरोध जनाएका थिए ।

प्रहरीले भने निर्वाचनमा शान्ति कायम गर्न र जनअधिकारको रक्षा गर्नका लागि निर्वाचन विरोधी अभियानमा लागेकाहरुलाई निगरानीमा राखेको बताउदै आएको छ ।