पत्रकारमाथि राज्यले ज्यादती गरेको भन्दै क्रान्तिकारी पत्रकारद्धारा आपत्ति प्रकट

निर्वाचन विरोधि गतिबिधिमा संलग्नको उच्च निगरानी गरीएको प्रहरीको जवाफ

काठमाडौँ । स्थानीय निर्वाचन नजिकै जाँदा देशभर पत्रकारहरुमाथी राज्यद्वारा गरिएको धरपकड, गिरप्तार, झुट्टा मुद्दा लगाउने गरेको प्रति क्रान्तिकारी पत्रकार संगठनले गम्भीर आपत्ति जनाएको छ ।

पत्रकार महासंघका केन्द्रीय सचिव समेत रहेका क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेद्धारा शुक्रबार जारी विज्ञप्तिमा सरकारलार्इ संविधानका मौलिक अधिकारको सम्मान गर्न र नागरिकको बाँच्न पाउने स्वतन्त्रताको रक्षा गर्न आह्वान गरिएको छ ।

स्थानीय निर्वाचनका विषयमा आलोचना गर्ने वा यसलार्इ खारेज गर्ने घोषणा गरेको दल नेपाल कम्युनिष्ट पार्टीका कार्यक्रमप्रति नरम दृष्टि राख्ने थुप्रै पत्रकारहरुलार्इ सरकारले गिरफ्तार गर्ने आतंकित पार्ने जस्ता कार्य व्यापक मात्रामा गर्न थालेपछि संगठनले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको बताएको छ ।

संविधानले व्यवस्था गरेका आधारभूत मौलिक अधिकारहरुको समेत सरकारले उल्लंघन गरेको भन्दै अध्यक्ष चलाउनेले यसबारे सबैलार्इ आवाज उठाउन पनि अपील गरेका छन् । सरकारले देशभर करिव ३०० जना मानिसहरुलार्इ समातेकामा त्यसमा आधा दर्जन पत्रकारहरु परेको विज्ञप्तीमा उनले जानकारी दिएका छन् ।

सरकारले देशका विभिन्न ठाउँमा विनाकारण मानिसहरुलाई गिरफ्तार गर्ने, धम्की दिने, घरघरमा पुगेर खानतलासी गर्ने क्रियाकलापहरु तीब्र बनाएको उनले आपत्ति जनाएका छन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब समेत रहेका चलाउनेद्वारा जारी बिज्ञप्तिमा देशभर करिव एक दर्जन पत्रकारहरु गिरफ्तार गरिएको, बिभिन्न सञ्चारमाध्यमका कार्यालय, त्यसमा कार्यरत पत्रकार÷लेखकहरुलाई प्रहरीले फोन गरेर सोधपुछ गर्ने, धम्की दिने काम गरिरहेको बताइएको छ ।

बिज्ञप्तिमा भनिएको छ–‘घरमा बसिरहेका, आफ्नो कार्यालयमा काम गरिरहेका तथा बाटोमा हिडिरहेका बेला करिव ३०० जना मानिसहरु गिरफ्तारीमा परेका छन् । सरकारको यसखालको व्यवहारप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको संविधान २०७२ को धारा १६ देखि ४८ सम्म मौलिक अधिकारहरुको व्यवस्था गरिएको छ ।’

त्यस्तै चलाउनेले समाजको ऐनाका रुपमा रहने पत्रकारिता पेशा अंगालेर स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउने अधिकारसहित संविधानमा व्यवस्था गरिएको मौलिक अधिकारहरुलाई सरकार र सरकारका विभिन्न संरचनाबाट कुल्चने काम भएको बताएका छन्।

बैशाख १९ गते क्याम्पसमा पढाएर घर फर्कदै गरेका उपप्राध्यापक समेत रहेका रुकुमका पत्रकार हरीबिष्णु ओलीलाई बाटोबाटै गिरफ्तार गरेर अहिलेसम्म हिरासतमा राखिको, बैशाख २१ गते पर्वतका पत्रकार गोपाल जिसीलाई घरबाटै गिरफ्तार गरिएको बताइएको छ ।

यस्तै बैशाख २५ र २६ गते भएको नेपाल पत्रकार महासंघ रोल्पाको जिल्ला अधिवेशनमा प्रदेश पार्षदमा उम्मेदवार भई विजयी भएका पत्रकार पुष्टमान घर्ती मगरलाई सोही प्रक्रियामा सहभागी भइरहेकै बेला २७ गते बिहान पक्राउ गरी हिरासतमा राखिएको बताइएको छ ।

काठमाडौंको बागबजारमा चिया खाइरहेका अवस्थामा पत्रकार ठाकुरप्रसाद तिमिल्सिना ९रसुवाली कवि०, गम्भीर पाठक, योगेश बराललाई गिरफ्तार गरिएको, मकवानपुरबाट प्रकाशित हुने जनता जिन्दावाद साप्ताहिकका सम्पादक तथा क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय कार्यालय सचिव तिलक अधिकारीलाई बजारमा बसिरहेका बेला एक दर्जन प्रहरी पठाएर घेरा हाल्ने र गिरफ्तार गर्ने प्रयास गरिएको बताएइको छ ।

काठमाडौको बागबजारमा रहेको रातो खबर साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरीले घेरा हाल्ने, कार्यालयमा छापा मार्ने र उक्त पत्रिकाका निर्देशक अनिल शर्मालाई पटक पटक फोन गरेर सोधपुछ गरी आतंकित बनाउने काम भएको अध्यक्ष चलाउनेले बताएका छन ।

त्यस्तै कोटेश्वरमा रहेको इमान्दार मिडियाको कार्यालयमा फोन गरेर प्रहरीले अनावश्यक सोधपुछ गरेको छ । नेपाल पत्रकार महासंघका काठमाडौ शाखा सदस्य तथा वेभ डेभलपर चुडामणी श्रेष्ठलाई उनको घरमै गएर प्रहरीले अनावश्यक सोधपुछ गरी दुःख दिएकोप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

उता प्रहरीले भने निर्वाचनको मुखमा अशान्ति फैलने खालका सामाग्रीहरु प्रकाशन गरेको र निर्वाचन बहिष्कार गतिबिधिमा लागेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको र केहीलाई उच्च निगरानीका साथ राखिएको बताएको छ ।

निर्वाचनको सुरक्षा दिने जिम्मेवारी वहन गर्दा बहिष्कार गर्न खोज्ने, निर्वाचन विरोधी कृयाकलाप गर्ने जो सुकैलाई पनि सोधपुछ र आवश्यक परेमा नियन्त्रणमा लिएर कार्वाही गरिने प्रहरी श्रोतले बताउदै आएको छ ।