अडियो राखेर बदनाम गर्ने प्रयास गरेको भन्दै दुई उजुरी

काठमाडौं । स्थानीय निकाय निर्वाचनको प्रसारप्रसारमा सामाजिक सञ्जालमार्फत अडियो राखेर बदनाम गराएको भन्दै प्रहरीमा दुई उजुरी उजुरी परेका छन।

महानगरीय अपराध महाशाखामा एमाले र धादिङका माओवादी केन्द्रका एक उम्मेदवारले उजुरी दिएका छन् । एमालेले बनाएको एक प्रचार भिडियोमा अर्को अडियो राखेर बदनाम गर्ने प्रयास भएको भन्दै उजुरी परेको छ ।

त्यस्तै, माओवादी केन्द्रका एक उम्मेदवारलाई फोन नदिन भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध गलत प्रचार गरिएको भन्दै उजुरी परेको छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको महाशाखाका डिएसपी पशुपति रायले बताए । बिहीबार रातिदेखि मौन अवधि सुरु भए पनि केहीले सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।