नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचना परिवर्तन गर्ने मन्त्री परिषदको निर्णय

स्थानीय तहको संख्या थप गर्न गच्छदारको संयोजकत्वमा समिति गठन

काठमाडौं । नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने मन्त्री परिषद बैठकले निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा पुरानो दरवन्दी यथावत राखी ३४० जनालाई समायोजन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार आजको बैठकले २ नम्बर सहितका प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने सम्वन्धमा अध्ययन गरी ५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्न उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा रक्षामन्त्री बालकृष्ण खाड् र कानूनमन्त्री अजयशंकर नायक सदस्य रहेको समिति गठन समेत गरेको छ ।