स्थानीय निर्वाचन र संसदीय राजनीतिः देश बेच्ने लाइसेन्स प्राप्तिको माध्यम

‘वर्ग सङ्घर्षका अनेकौँ रूप हुन्छन, बहिष्कार पनि त्यस्को एक पक्ष हो’

खेम थपलिया

प्रचण्ड नेतृत्वको सरकारले गर्न लागेका स्थानीय निकायको निर्वाचनको विपक्षमा ठूलो जनमत सिर्जना हुँदै गएको छ । जनताले कथित स्थानीय निर्वाचनको विरुद्धमा उच्चस्तरका प्रतिरोधात्मक सङ्घर्ष गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध प्रचण्ड सरकारले युद्धकै घोषणा गरेसरह व्यापक दमन र धरपकड अभियान चलाएको छ । यस्तो बेलामा भोट दिनु भनेको दलाल सत्ताका संसदीय दल र तिनका नेतालाई देश बेच्ने लाइसेन्स दिनु हो भन्ने कुरामा जनस्तरमा व्यापक वृद्धि हुँदै गएको छ । यो निर्वाचनले सिंहदरबारभित्रका दलालहरूलाई गाउँ–गाउँमा पुर्याउने भएकाले यसका विरुद्ध स्थानीय निर्वाचन खारेजी अभियान व्यापक र सार्थक बन्दै गएको छ । यो निर्वाचनले क्रान्तिकारी ध्रुवीकरणलाई नै मद्दत पुर्याउदै दलालहरू एकातिर र जनता तथा क्रान्तिकारी शक्ति अर्कोतिर भएका छन् । यसले नेपाली क्रान्तिलाई नजिक ल्याएको छ ।

नेपाली राजनीति विश्वक्रान्तिको आधारइलाका बनाउने महान् उद्देश्यका साथ सञ्चालित नेपाली जनयुद्धले एक दशकको समग्रयुद्धको रूपमा शानदार ढङ्गले फड्को मार्दै करिब १० वर्षको अत्यासलाग्दो सङ्क्रमणकाल र कथित स्थानीय निर्वाचनको खारेजी अभियानमा व्यापक जनप्रतिरोधको शृङ्खला हुँदै अघि बढिरहेको छ । दक्षिणपन्थीहरू, यथास्थितिवादीहरू, अवसरवादीहरूका सबैखाले षड्यन्त्रहरूलाई चिर्दै, तिनका कथित गढहरू भत्काउँदै जनताको मुक्ति आन्दोलनका सच्चा हिमायतीहरू यतिखेर नेपालमा क्रान्तिको नयाँ आधार निर्माण गर्ने तहसम्म आइपुगेका हुन् । कथित स्थानीय निर्वाचन २०७४ मा दक्षिणपन्थी नवसंशोधनवादीहरू र यथास्थितिवादीहरूको विजयको नौटङ्की गरिँदैछ र यसले क्रान्तिकारी शक्तिलाई फेरि एकपटक गम्भीर बनाएको छ । यसको साथै, नेपाली जनताको मात्रै नभएर संसारभरका श्रमिक, मजदुर तथा सम्पूर्ण सर्वहारावर्गको गौरवको विषय बनेको नेपालीक्रान्तिलाई तार्किक निष्कर्षमा पु¥याउन फेरि एकपटक नयाँ शिराबाट सोच्न आवश्यक छ भन्ने कुराको पनि यसले सङ्केत गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुकूलता र प्रतिकूलताको गम्भीर विश्लेषण गर्दै वर्गसङ्घर्षलाई जारी राख्नुपर्दछ । नेपाली जनताका असीमित सपनाहरू, आकाङ्क्षाहरू छन् । यसलाई पूरा गर्न आफैँभित्र रहेका गलगाँड र गणेश संस्कृतिको अन्त्य गर्दै र क्रान्तिकारी पङ्क्तिलाई, नेतृत्वलाई टापु–टापुमा परिणत गर्ने खेललाई पराजित गर्दै टापुकृत नेतृत्व र पार्टीलाई एकीकृत बनाउन आवश्य छ । अबका क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिन जरुरी छ ।

त्याग, तपस्या र बलिदानका दृष्टिले, शौर्य, साहस र वीरताको दृष्टिले, वैचारिक विकासको दृष्टिले नेपाली जनताको आशा र भरोसाको केन्द्रबिन्दु भनेको नेपाल कम्युनिस्ट पार्टी नै हो । यसका अबका प्रत्येक पाइलाहरू विशेष महत्वका हुनेछन् । ‘जनयुद्ध एउटा समग्र युद्ध हो र सारतः यो सांस्कृतिक क्रान्ति हो’ भन्दै आएको यो पङ्क्तिले आफ्नो क्रान्तिकारी स्पिरिटलाई कायम राख्न आवश्यक छ । वर्गसङ्घर्षका अनेकौँ रूपहरू हुन सक्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुकूलता र प्रतिकूलताको गम्भीर विश्लेषण गर्दै वर्गसङ्घर्षलाई जारी राख्नुपर्दछ । नेपाली जनताका असीमित सपनाहरू, आकाङ्क्षाहरू छन् । यसलाई पूरा गर्न आफैँभित्र रहेका गलगाँड र गणेश संस्कृतिको अन्त्य गर्दै र क्रान्तिकारी पङ्क्तिलाई, नेतृत्वलाई टापु–टापुमा परिणत गर्ने खेललाई पराजित गर्दै टापुकृत नेतृत्व र पार्टीलाई एकीकृत बनाउन आवश्य छ । अबका क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिन जरुरी छ । यो स्वाभिमान, अग्रगमन र समृद्धिसित जोडिएको विषय हो । स्वाभिमान र अभिमान भिन्न भिन्न कुरा हुन् । क्रान्तिकारी पार्टी र कार्यकर्ताका लागि स्वाभिमान नभई नहुने कुरा हो भने जब स्वाभिमानको बढोत्तरीले अभिमानमा फड्को मार्छ, त्यसपछि त्यसले नकारात्मक परिणामभन्दा अरू केही दिदैन ।

अभिमान सुकेको खरमा सल्केको आगो हो, जसले परिणाम खरानीकरणबाहेक केही हुँदैन । अहिले दक्षिणपन्थी नवसंशोधनवादीहरू यही परिस्थितिका बीचबाट गुज्रिरहेका छन् तर जनताले त नेपाल कम्युनिस्ट पार्टीलाई जनमुक्तिको पक्षमा समर्पित र नयाँ नेपालको सुस्पष्ट दृष्टिकोण भएको पार्टीको रूपमा बुझेका छन् । यो बुझाइ र विश्वासलाई उसले कुनै पनि हालतमा कमजोर बन्न दिनुहँुदैन । ‘नानीको पाइन हेर्ने’ मुडमा प्रतिक्रियावादीहरू पुग्नु र तिनको पृष्ठपोषक बन्ने लालसा देखाउनुले प्रचण्ड र माओवादी केन्द्रको यस्तो हविगत भएको कुरामा कुनै शङ्का छैन । जनता अहिले आफ्नो भूमिकाको खोजीमा, आफ्नो स्वत्वको रक्षामा संश्लेषित हुन खोजिरहेका छन् । जनताको यो संश्लेषित मनोभावनाले क्रान्तिको नयाँ आधारको माग गर्दछ । यो जनतासित पार्टीको नङ र मासुको सम्बन्ध कायम गर्ने एउटा आधार पनि हो । स्थानीय तह निर्वाचनको खारेजी आन्दोलन र त्यसमा जनताले गरेको सशक्त प्रतिरोधी आन्दोलनले नेपालीक्रान्तिको नयाँ आधार निर्माण गर्ने मार्ग प्रसस्त गरेको छ । नयाँ परिवेशमा पार्टीभित्रका इमानदार कार्यकर्ता पङ्क्तिलाई पनि ‘म कहाँ छु’ भन्ने अन्यमनस्कता र अकर्मण्यता पैदा हुन सक्छ । यस्तै, अकर्मन्यता र अन्योलले सोभियत सङ्घको विघटन भएको थियो । यस्तो विघटनकारी प्रवृत्तिका अन्त्यका निम्ति नियमित प्रशिक्षणको आवश्यकता पर्दछ । सिङ्गो क्रान्तिकारी पङ्क्तिमा, उसका दिल–दिमागमा पार्टीको कार्यनीति, रणनीति, ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने राजनीतिक चेतना भइरहनुपर्दछ । जनताको पक्षमा पार्टी र पार्टीको नेतृत्वलाई बारम्बार सल्लाह, सुझाव दिइरहने संस्कृतिको विकास गरिनुपर्दछ ।

सर्वहारावादी सारसहित सयौँ फूलहरूलाई फक्रिन दिनुको विकल्प छैन । विनासको सिद्धान्त अवसरवादी–प्रतिगामी नियममा आधारित हुन्छ । आलोचना–आत्मालोचना– रूपान्तरण अन्तर्सङ्घर्षको क्रान्तिकारी विधि हो । यसको रचनात्मक स्वरूप हुन्छ । यसले व्यक्तिमा क्रान्तिकारी रूपान्तरण गर्दछ ।

पार्टी भनेको एनजीओ–आईएनजीओ होइन जसले जनताको रगत चुसेर नाफाका लागि जे पनि गरोस् । क्रान्तिलाई माथि उठाउन जनविश्वासको आवश्यकता पर्दछ । इमानदारिता, पारदर्शिता र जवाफदेहिता जनविश्वासको प्रमुख आधार हो । जनताले आमूल परिवर्तनकारी शक्तिको पहिचान गरिसकेका छन् । देश र जनताका विरुद्ध सबै किसिमका भ्रमहरू चिर्दै अघि बढेर मात्र महान् सहिदहरूका रगतको रखवारी हुन सक्छ । नेपाली राजनीतिको यो विशिष्ट परिस्थितिको सही सदुपयोग गर्न सकियो भने नेपालीक्रान्तिले छलाङ मार्ने प्रवल सम्भावना छ । क्रान्तिले मात्र नेपाली जनताको दुःसाध्यपूर्ण जीवनलाई समृद्ध बनाउन सक्छ । क्रान्ति गर्न क्रान्तिकारी नैतिकता र अनुशासनको निकै महत्व हुन्छ । पुष्पकमल दाहालको वैचारिक–राजनीतिक–दार्शनिक र नैतिक स्खलन विशेष स्मरणीय छ । माओको ‘जनता नै क्रान्तिकारी संस्कृतिको कहिल्यै नसुक्ने मुहान् हुन्’ भन्ने कुरालाई दाहालले नजरअन्दाज गरे । वास्तवमा सर्वहारावादी सारसहित सयौँ फूलहरूलाई फक्रिन दिनुको विकल्प छैन । विनासको सिद्धान्त अवसरवादी–प्रतिगामी नियममा आधारित हुन्छ । आलोचना–आत्मालोचना– रूपान्तरण अन्तर्सङ्घर्षको क्रान्तिकारी विधि हो । यसको रचनात्मक स्वरूप हुन्छ । यसले व्यक्तिमा क्रान्तिकारी रूपान्तरण गर्दछ । त्यसैले हामीले विनासको सिद्धान्त होइन, विकास–प्रगतिको सिद्धान्तलाई अवलम्बन गर्नुपर्छ ।

पार्टीमा बेला–बेलामा क्रान्तिकारी नैतिकता तथा अनुशासन कमजोर हुने गर्दछ । लेनिनले रूसी क्रान्तिको सफलतामा क्रान्तिकारी नैतिकता तथा फलामे अनुशासनको आधारभूत महत्व रहेको बताएका थिए । ढाँटछल, ईष्र्या, अहङ्कार, उत्ताउलोपन, गैर–जिम्मेवार बन्नु, कथनी र करनीमा विरोधाभास हुनु, सङ्गठनलाई बजारीकरण गर्नु, सत्रुप्रति लगाव, चाकडी प्रदर्शन गर्नु अनुशासन विहीनताका चरम अभिव्यक्ति हुन् । क्रान्ति सम्पन्न गर्नाका लागि क्रान्तिकारी नैतिक मूल्य–मान्यतालाई गहिरोसँग आत्मसात् गर्नु र क्रान्तिकारी अनुशासनलाई द¥होसँग अवलम्बन गर्नु अपरिहार्य छ । महान् सर्वहारा सांस्कृतिक क्रान्ति विचार, भावना, आदत तथा संस्कारमाथि विजय प्राप्त गर्दै अघि बढ्ने तथा पुँँजीवादको पुनस्र्थापना रोक्ने कार्य र संशोधनवादको मूलोच्छेदन गर्ने उद्देश्यमा आधारित सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तमा आधारित राजनीतिक क्रान्ति हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीले राज्यसत्ता कब्जा गर्दा नगर्दै पार्टीभित्रका फोहोर–मैलाले दुश्मनका रूपमा विकास गरिसक्छ भन्ने कुरा रूस, चीनलगायतका देशमा भएका प्रतिक्रान्तिका घटनाहरूले पुष्टि गरेको छ । पार्टी, आन्दोलन र जनसमुदायका बीचमा रहेका यस्ता मैला साफ गर्ने वैज्ञानिक विधिलाई सचेत र कलात्मक रूपले अगाडि बढाउन आवश्यक छ । सर्वहाराक्रान्तिको औचित्य न्यायसङ्गत छ ।

नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ को सफल क्रियान्वयनको प्रश्न पनि क्रान्तिकारी नैतिकता र अनुशासनसित असाध्यै गहिरो रूपमा जोडिएको छ । अनुशासनहीन जमात जतिसुकै बृहत् भए पनि त्यसले क्रान्ति सम्पन्न गर्न सक्तैन । यो कुरा स्पष्ट छ कि नेपालको कथि स्थानीय तहको निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले आह्वान् गरेको कथित निर्वाचन खारेजी अभियानले नेपालमा नयाँ क्रान्तिको ढोका खोलेको छ । देशभर जनताले गरेका उच्चस्तरका प्रतिरोधात्मक प्रस्तुतिलाई क्रान्तिकारीहरूले संस्थागत गर्नुपर्छ । मूलतः यो जनप्रतिरोध नेपाली नयाँ क्रान्तिको नयाँ आधार हो । महान् जनताले गरेको प्रतिरोधको उच्च मूल्याङ्कन गर्दै त्यसको दस्ताबेजीकरण गर्न आवश्यक छ । यो प्रतिरोधका क्रममा विविध किसिमले योगदान पु¥याउने र बलिदान गर्ने महान् योद्धाहरूको सम्मान आवश्यक छ । क्रान्तिकारी आदर्शलाई जीवित राख्न सके नेपाली धर्तीमा क्रान्ति सजिलै हुर्कने कुरामा कुनै दुविधा छैन । अधुरो रहेको नेपाली क्रान्तिलाई पूरा गर्ने महाअभियानमा यो निर्वाचन खारेजी अभियान विशेष महत्वकारी हुने विश्वास सबैले लिएका छन् । वास्तवमा उचित समयमा ध्वंसात्मक कारबाही सही हुने कुरा विश्व इतिहासले प्रमाणित गर्दै आएको छ ।

यो निर्वाचन खारेजी अभियानले जनतालाई शक्तिशाली बनाएको छ । दलाल पुँजीवादी सत्ता र तिनका मतियारलाई कमजोर र हतोत्साही बनाएको छ । साथै, कथित स्थानीय निर्वाचन अभियानका क्रममा क्रान्तिकारी शिरिव तथा जनताका तर्फबाट प्रस्तुत भएका वीरता, साहस, कौशलमा हामीले गौरव गर्नैपर्दछ ।

ध्वंस र निर्माण द्वन्द्ववादमा आधारित छ । यो निर्वाचन खारेजी अभियानले जनताको सामरिक क्षमताको उच्चातालाई नै मुखरित गरेको छ । यसले नेपाली जनताको मानसिक स्थितिको उत्कट चाहना र चित्र पनि प्रस्तुत गरेको छ । नेपाली जनता क्रान्तिकारी छन्, उत्पीडनका विरुद्ध, सामन्ती र शोषणका विरुद्ध, पुँजीपतिवर्गका विरुद्ध अन्त्यसम्म पनि लड्न तयार छन् भन्ने कुरा पनि यो प्रतिरोधात्मक अभियानले प्रमाणित गरेको छ । यो माओवादी आन्दोलन आमूल परिवर्तनका खातिर चलाइएको राजनीतिक क्रान्ति थियो भन्ने कुराको पुनर्पुष्टि पनि हो । यसमा जनताका अत्यावश्यक तथा महानतम् आकाङ्क्षाहरू प्रतिबिम्बित भएका छन् । जसरी इतिहासकारहरू पेरिस कम्युनसम्बन्धी स–साना कुराहरूको पनि खोजी गर्छन्, त्यसैगरी यो कथित स्थानीय निर्वाचन खारेजी अभियानसित सम्बन्धित घटनाहरूको पनि एकदिन खोजबिन हुनेछ । क्रान्तिको निर्णायक बिन्दुमा यो महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ । वस्तुतः यो निर्वाचन खारेजी अभियानले जनतालाई शक्तिशाली बनाएको छ । दलाल पुँजीवादी सत्ता र तिनका मतियारलाई कमजोर र हतोत्साही बनाएको छ । साथै, कथित स्थानीय निर्वाचन अभियानका क्रममा क्रान्तिकारी शिरिव तथा जनताका तर्फबाट प्रस्तुत भएका वीरता, साहस, कौशलमा हामीले गौरव गर्नैपर्दछ । एकपटक समवेत स्वरमा भनौँ– कथित स्थानीय निर्वाचन मूर्दावाद ! कथित स्थानीय निर्वाचन खारेजी अभियान जिन्दावाद !!

(लेखक थपलिया पत्रकार महासंघका  पार्सद समेत हुन । उनीले प्रगतिसील लेखक संघका महासचिवको जिम्मेवारी समेत निर्वाह गर्दै आएका छन।)