सर्लाहीमा भब्य साहित्यीक समारोहः भवन निर्माणको लागि आर्थिक संकलन
साहित्यकारद्धारा रचनाहरु वाचन
सर्लाही । नेपाल प्रज्ञा प्रतिस्ठान काठमाडौं र सर्लाही साहित्य समाजको संयुक्त आयोजनामा सर्लाहीको लालबन्दी स्थित थकाली भान्साघरको सभाहलमा दुईदिने काव्य बिमर्श तथा उत्सव कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।
नेपाल प्रज्ञा प्रतिस्ठान काठमाडौंका प्राज्ञ तथा काव्य डा. अंबर गिरीको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिस्ठान काठमान्डौका कबि तथा प्राज्ञ ससि लोलाम्बु तथा सर्लाही साहित्य समाजकी अध्यक्ष मिना देबकोटाले लगाएतको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
समारोहमा सर्लाही साहित्य समाजको आफ्नै भवन हुनुपर्ने भन्दै बिभिन्न दाताहरुले आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन । साहित्य समाजकी उपाध्यक्ष राजेश्वोरी काफ्लेले सर्लाही साहित्य समाजलाई लालबन्दी नगरपालिका भित्र १० धुर जग्गा उपलब्ध गराउने घोषणा समेत गरेकी छन ।
त्यस्तै जनज्योती मा.बि. का पूर्व प्राध्यापक रेनुकान्त ढुंगानाले एक लाखको अक्षयकोष खडागरि संरक्षक बनेका छन ।
समारोहमा उपस्थित साहित्यकर्मिहरुबाट विभिन्न किसिमका रचना बाचन गरिएको संस्थाका संस्थापक सदस्य लिला प्रसाद चौलागाईंले जानकारी दिए ।