रुससँगको सम्बन्धबारे अमेरिकी राष्ट्रपति ट्रम्पको खुलासाः संघीय जाँच ब्यूरोले आफुमाथि अनुसन्धान नगरेको दाबी

संघीय जाँच ब्यूरोका निर्देशक कोमी पदबाट बर्खास्त

अमेरिका । आफु र रुसबीचको सम्बन्धको विषयमा संघिय जाँच ब्यूरोले कुनैपनि अनुसन्धान नगरेको अमेरिकी राष्ट्रपति ट्रम्पले दाबी गरेका छन । राष्ट्रपति ट्रम्पले उक्त विषयलाई लिएर अमेरिकी संघीय जाँच ब्यूरोले आफुमाथि अनुसन्धान थालेको भन्ने खबर पूर्ण असत्य रहेको प्रतिकृया दिएका छन ।

अमेरिका स्थित एनबीसी न्यूजसँगको एक अन्तर्वाताको क्रममा राष्ट्रपति ट्रम्पले रुस र अमेरिकाबीच दुई देसिय सम्बन्ध रहेको र कुनै प्रतिरोध आफुले नलिएको भन्दै त्यस्तो बताएका हुन ।

उनले भनेका छन–‘रुस र मबीच कुनै सम्बन्ध रहेको भन्ने खबरहरु पूर्ण असत्य छन्। सो सन्दर्भमा संघीय जाँच ब्यूरोले कुनै अनुसन्धान थालेको छैन् ।’

ट्रम्पले आफुमाथि जाँच ब्यूरोमा अनुसन्धान भएको भन्ने विषयलाई बकवासको संज्ञा दिदै भनेका छन–‘ यस्तो केही भएको छैन तर हाम्रो आफ्नै निर्णयबाट संघीय जाँच ब्यूरो एफबीआइका निर्देशक जेम्स कोमीलाई भने पदबट बर्खास्त गरिएको छ । यो नितान्त हाम्रो आन्तरिक मामिला हो ।’

कोमीले गत वर्षको अमेरिकी चुनावमा रुसले हस्तक्षेप गरेको तथा ट्रम्प अभियानका अधिकारी एवं मस्कोमाझ सम्भावित साँठगाँठका आरोपहरुबारे अनुसन्धानको नेतृत्व गरिरहेका थिए।

एफबीआइका कार्यवाहक प्रमुखले रुस–ट्रम्प अभियान साँठगाँठबारे महत्वपूर्ण अनुसन्धान भएको बताएका दाबी गरेका छन्।
तर कोमीका उत्तराधिकारी कार्यवाहक एफबीआइ प्रमुख एन्ड्रयु मकेबले भने उक्त अनुसन्धान एकदम महत्वपूर्ण भएको र त्यसलाई प्रभावकारी ढंगले गरिने बताए।

सिनेटको गुप्तचर सम्बन्धी समिति समक्ष बयान दिंदै मकेबले सो अनुसन्धानको अवस्थाबारे ह्वाइट हाउसलाई जानकारी नदिने भन्दै ह्वाइट हाउसले त्यसबारे कुनै किसिमको हस्तक्षेप गर्न खोजे सिनेटको सो समितिलाई बताउने उल्लेख गरेका छन।

उक्त समितिका अध्यक्ष रिपब्लिकन नेता रिचर्ड बरले कोमीले राष्ट्रपति ट्रम्पलाई उनी कुनै अनुसन्धानको घेरामा छन वा छैनन भनि सोधिएको प्रश्नमा उनले उक्त विषय जारी अनुसन्धान प्रकृयासँग जोडिएको भन्दै टिप्पणी गर्न अस्वीकार गरेको बताइएको छ।