विकास र संवृद्धी मेरो मुख्य एजेन्डाः सात नम्बर वडा अध्यक्ष पदका उम्मेदवार मिश्र

भ्रष्टाचार अन्त्य गर्ने घोषणा

काठमाडौं । सामाजिक एवं राजनीतिक अभियन्ताको रुपमा परिचित दुर्गा बहादुर मिश्रले काठमाडौ महानगरपालिका वडा नं ७ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । दुई दशकदेखि राजनीतिमा सक्रिय मिश्र स्थानियमाझ परिचित छन । त्यसैका आधारमा १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमार्फत ऐतिहासिक जिम्मेवारी लिने गरी अगाडी बढेको मिश्र बताउँछन ।

उनले आफ्नो उम्मेदवारी पश्चात सबै प्रकारबाट स्थानीयको माया, सद्भाव र समर्थन पाइरहेको जानकारी दिए । देश विकासको लागि राजनीतिक परिवर्तन आवश्यक ठानेर राजनीतिमा होमिएको मिश्रले बताए । मिश्रले देशमा भैरहेको अन्याय, कुरिति, भ्रष्टाचारका विरुद्ध आवाज उठाउदा लामो समय जेल जिवनसमेत बिताउनु परेको दुखेसो सुनाए ।

२०१३ सालमा जन्मिएका मिश्र जनताको मुक्तिका लागि नेकपा माओवादी केन्द्रको (तत्कालिन नेकपा माओवादी) विभिन्न भूमिकामा रहेर संघर्ष गर्दै आएका नेतामा गनिन्छ । उनले वडावासी युवाहरुलाई एक घर एक रोजगारको अवसर सिर्जन गर्ने, नेपाल सरकारको स्वरोजगार कार्यक्रममा प्रत्येक बेरोजगार नागरिकलाई समावेश गर्ने, वडामा रहेका स्वास्थ्य संस्थामा वडाबासीलाई औषधोपचारमा २५ प्रतिशत छुटको ब्यवस्थन मिलाउन पहल गर्ने, वडामा रहेका सरकारी विद्यालय, कलेजमा अधारभूत शिक्षाको विकास र गुणस्तरमा विषेश पहखखल गर्ने र गरिब जेहेन्दार र पिछडिएका बर्गका छोराछोरीलाइृ विषेश छात्रबृत्तिको व्यवस्था गर्ने, मेलम्ची खानेपानी वितरणको लागि उपत्यका खानेपानी लिमिटेडसँग सहकार्य गरी छिटो छरितो रुपमा वडाबासीको घरघरमा धारा जडान गर्न पहल गर्ने आफ्नो योजना रहेको बताए ।

उनले वडा अन्र्तगत रहेका सरकारी कार्यलयहरुले प्रदान गर्ने सेवामा सून्य सहनशिलताको अवधारणा अनुरुप जनताप्रति उत्तरदायी, जवाफदेही, प्रशासनयन्त्र वनाउन क्रियासिलता बढाउने, वडा भित्र यथासम्भव विद्युतलाईन, टेलिफोन लाईन तथा अन्य प्राविधिक डिभाइसका लाइनहरुलाई भूमिगत गराइने र विभिन्न पुरातत्वीक, धार्मिक, ऐतिहासिक र साँस्कृतीक धरोहरहरु, विश्व सम्पदा सूचिमा रहेका मठमन्दिर, चैत्य, गुम्वा, गिर्जाघर मस्जिद आदिलाई आवश्यक मर्मत तथा जिर्णोद्वार गरीसंरक्षण र संवद्धनमा जोड दिने जस्ता एजेन्डाहरु अघि बढाएको बताएका छन ।