चितवनमा ओलीको बोलीः कांग्रेस माओवादीको गठबन्धले राष्ट्रियता कमजोर बनाउछ,जिताउनु हुन्न

‘सहकार्य तर्फ संकेत गर्दै भनेः कांग्रेसले माओवादीको भाँटा खाएको कसरी बिर्सन्छ ?’

चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको निर्वाचन तयारी र प्रचारको विषयमा केन्द्रीत भएर एमाले अध्यक्षले ओलीले कांगे्रस माओवादीको गठबन्धनले राष्ट्रियता, मुलुकको अखण्डता र समुदायिक मेलमिलापको भावनालाई कमजोर बनाएको आरोप लगाउँदै स्थानीय निर्वाचनमा उनीहरुलाई जिताउन नहुने बताएका छन ।

आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भरतपुरमा माओवादी कांग्रेसको चुनावी तालमेलप्रति संकेत गर्दै राष्ट्रियता कमजोर पार्नेहरुलाई भोट नहाल्न भनेका हुन ।

सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भने–‘राष्ट्रिय एकता, अखण्डतालाई र समाजिक मेलमिलाप कमजोर बनाउन माओवादीहरुले कांग्रेससँग सहकार्य गरेकाले तिनीहरुलाई जिताउन हुदैन । लम्पसारवादीहरुका घुँडामा टाटैटाँटा परेका छन, तिनीहरुले विकास निर्माण गर्न सकदैनन ।’

कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको भन्दै आक्रामक रुपमा प्रस्तुत भएका ओलीले भने–‘चितवनको बाँदरमुढे घटनाका योजनाकारहरु अहिले निर्वाचनमा भोट माग्दै हिडेका छन । त्यो घटनाका घाइतेहरु अहिलेसम्म उपचारमै रहेका छन । अनि किन जिताउने तिनीहरुलाई ।’

फेरी उनले माओवादीको आलोचना गर्दै कांग्रेस कार्यकर्तालाई उचाल्न कोसिस गर्दै भने–‘ माओवादीले जनयुद्धमा गरेको भाँटे कारवाही कांग्रेसहरुले कसरी बिर्सन्छन ? अहिलेसम्म पनि धेरैका ढाँडमा लागेका घाउका दागहरु मेटिएका छैनन होला । बिचार गरेर मात्र भोट हाल्नुस ।’

यसरी ओली कांग्रेस माओवादी आक्रामक हुदैँ गर्दा करिब २ किलोमिटरको फरकमा प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले भने कसैको भड्काउमा नपरी दुबै पार्टीका साझा उम्मेदवारहरुलाई मतदान गर्न कडा निर्देशन दिदै थिए ।

चितवनको उक्त सभामा एमाले महासचिव इश्वर पोखरेल, नेता सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमालेका उम्मेदवार देवी ज्ञवाली, उपमेयरका उम्मेदवार दिब्या शर्मा, जिल्ला सचिव पार्वती रावल लगायतका नेताहरुले बोलेका थिए ।