चितवन पुगेर देउवाले भने–‘माओवादी कांग्रेस गठबन्धन झनै बलियो भयो, अब कसैले तोड्न सक्दैन’

‘संयुक्त प्यानका उम्मेदवारलाई मतदान गर्न कार्यकर्ताहरुलाई कडा निर्देशन’

चितवन । भरतपुर महानगरपालिकाको चुनावका लागि सत्तारुढ दल माओवादी र कांग्रेसले उम्मेदवारी छनोटमा तालमेल गरेसँगै निर्वाचन प्रचारको अन्तीम दिन पारेर आज संयुक्त चुनावी सभाको आयोजन समेत गरेका छन ।

चुनावी सभामा दुबै पार्टीका शिर्ष नेताहरु उपस्थित भएका छन । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीकी नेतृ तथा प्रधानमन्त्री पुत्री रेणु दाहालको टिमलाई जिताउन आफ्ना कार्यकर्ताहरुसँग भोट मागेका छन भने माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पनि संयुक्त प्यानलका उम्मेदवारहरुलाई मतदान गर्न आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।

भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी चुनावी तालमेल भएसँगै संयुक्त सम्बोधन गर्न प्रचण्ड र देउवा भरतपुर गएका हुन् । प्रचण्ड र देउवा एउटै विमानको अन्तिम सिटमा बसेर विहावार आज भरतपुर गएका थिए ।

भरतपुरमा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने–‘अब माओवादी र कांग्रेसको एकता कसैले रोकेर रोकिदैन, हामी धेरै अगाडि बढिसक्यौ । भरतपुर महानगरपालिकाको चुनावसँगै सुरु भएको तालमेल अब दिर्घकालिन हुन्छ । हामी मिलेरै अडाडि बढ्ने सोचमा रहेका छौ ।’

कांग्रेस सभापति देउवाले स्थानीय निर्वाचनका साथसाथै माओवादी–कांग्रेसको सहकार्य प्रदेश र केन्द्रको चुनावमासम्म नटुटरने र सत्ताँदेखि चुनावसम्म मिलेर अगाडि बढ्ने बताएका छन । उनले भने–‘अब कांग्रेस,माओवादीको संयुक्त सरकारले संविधानको कार्यान्वयन गराउँछ । यो देशको विकासका लागि यो गठबन्धनलाई निरन्तरता दिन आवश्यक छ ।’

सभामा सम्बोधनको क्रममा देउवाले हाँस्दै भने–‘कांग्रेसले माओवादी र माओवादीले कांग्रेसलाई भोट हाल्नुस् । कांग्रेस र माओवादीको यो सहकार्यले दीर्घकालीन राजनीतिक अर्थ बोकेको छ । अन्तरघात कतैबाट हुनुहुदैन ।’

आफ्ना कार्यकर्ताहरुलाई कसैको भड्काउमा नलाग्न कडा निर्देशन दिदै दउवाले भने–‘जनताले माओवादी–कांग्रेसको सहकार्य चाहेका छन । बाह्रबुँदे समझदारीदेखि तत्कालिन कांग्रेस सभापति स्व गिरिजाप्रसाद कोइराला र प्रचण्डले हाम्रो सहकार्यलाई नजिक्याउन खोजेका थिए । हाम्रो सहकार्यबाटै देशमा गणतन्त्र स्थापना भएको छ । अब अगाडिपनि मिलेरै जानुपर्छ । तपाईहरु कसैको भड्काउमा नलाग्नुहोला, हाम्रा साझा उम्मेदवारलाई मतदान गर्नुहोस ।’

त्यसैगरी उक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकमा सहमति र सहकार्यको राजनीति आवश्यक परेको भन्दै आफ्नो कार्यकर्ताहरुलाई दुई पार्टीबीचको सहमति अनुसार उठाइएका साझा उम्मेदवारको पक्षमा मतदान गर्न निर्देशन दिए ।

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल मेयरको उम्मेद्वार रहेकी छन् भने उपमेयरमा कांग्रेसकी पार्वती शाह रहेकी छिन् ।