भ्रष्टचारीलाई नङ्ग्याउने अभियानको नेतृत्व एकिकृत राप्रपाले गर्छः डा. लोहनी (भिडियोसहित)

‘धर्म निरपेक्षताको नाममा नेपालको संस्कृति बेच्न पाइदैन’

काठमाडौं । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजतन्त्रको अन्त्य भएपछि नेपालमा भ्रष्टचार बढेको भन्दै अब भ्रष्टचारीहरुलाई नङ्ग्याउने अभियानको नेतृत्व आफ्नो पार्टीले गर्ने उद्घोष गरेका छन।

विभिन्न पार्टी छाडेर एकिकृत राप्रपा राष्ट्रवादीमा आएका नेता,कार्यकर्ताहरुलाई स्वागतको लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै डा. लोहनीले ्त्यस्तो धारणा राखेका हुन् ।

डा. लोहनीले अहिलेको राजनीतिक संरचनाले भ्रष्टचारी, अत्याचार र अनियमितता मौलाएको कारण त्यसलाई भत्काएर नयाँ राजनीतिक संस्कारको विकास गर्न आफ्नो पार्टीले क्रान्ति गर्ने बताए । उनले पुरानो भ्रष्ट मानसिकताको अन्त्य गर्दै नयाँ समाजको विकासका लागि एकिकृत राप्रपा राष्ट्रवादी सक्रिय भएर लागेको बताए ।

सरकारी प्रशासनमा भ्रष्टाचार विरुद्ध निरन्तर संर्घष गर्ने र सुशासनको स्थापन गराउने आफ्नो पार्टीको मुख्य मुल्य र मान्यता रहेको उनले बताए । उनले भने–‘ एनसिएल कम्पनीले ३५ अर्ब रुपैया आयकर अझसम्म सरकारलाई बुझाएको छैन र त्यो कर तिर्नबाट उन्मुक्ती दिनका लागि सरकारनै लागेको देखिन्छ । त्यो रकमबाट नेताको पुजि र सम्पन्नता बढेको हुनाले नेताहरु त्यसमा सक्रिय देखिन्छन । हामी त्यो राजनीतिक ब्यवस्था बदल्न चाहन्छौ ।’

उनले एनसिएलले तिर्नुपर्ने आयकर सात दिनमा तिर्न लगाउने भनेर अर्थमन्त्री महराले नेपाली जनतालाई झुक्याउँदै गएको आरोप लगाए । प्रधानमन्त्री प्रचण्डप्रति आक्रोस पोख्दै डा. लोहनीले भने–‘प्रचण्डजीले बढो प्रचण्ड शैलिमा एनसिएलले तिर्न बाँकी आयकर तिराउने बताए, तर अहिले किन चुपचाप बसेका छन ? यस्को कारण अब खोज्नु पर्छ ।’

भ्रष्टाचारको अन्त्य र एनसिएलले तिर्न बाँकी आयकर तिराउनका लागि आफ्नो पार्टीले सबैभन्दा पहिले सडकमा आन्दोलन गरेको भन्दै उनले भ्रष्टाचारमुक्त समाज निर्माणमा पार्टीलाई केन्द्रीत गराउने प्रतिबद्धता समेत ब्यक्त गरें ।

डा. लोहनीले एक फरक प्रसंगमा नेपालमा संविधानमा नै उल्लेख गरेर धर्म निरपेक्षता र राजतन्त्रको अन्त्य गर्नु गलत भएको तर्क गरे । उनले राजसंस्था र सनातन हिन्दु धर्म नेपालको साँस्कृतिक पहिचान भएकाले त्यसलाई जोगाउनु पर्नेमा जोड दिए ।

उनले भने–‘गरिबी र अशिक्षाका कारण मानिसलाई प्रलोभनमा पारेर नेपालको हिन्दु संस्कार मास्ने काम भएको छ । अब धर्म निरपेक्षताको नाममा नेपालको सँस्कृति बेच्न पाइदैँन ।’

बाँकी भिडियोमा हेर्नुहोस्….

LOADING...