चुनाव नजिकिदै गर्दा मदिराको खपत ह्वातै बढ्यो

काठमाडौं । दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसंगै अकिांश दलका कार्यकर्ता साझ परेपछि सहरका स–साना भट्टि पसलतिर छिर्छन् । अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र राम्रा रेष्टुरेन्ट पस्छन् ।

सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सदरमुकाम तथा स्थानीय स—साना बजारमा चुनाबको मिति नजिकिएसँगै मदिराका ग्राहकहरु पनि बढेका छन ।

स्थानीय होटल ब्यवसायीका अनुसार चुनावमा दिन नजिकिदै जादा मदिराको खपत ह्वातै बढेको छ । मदिरा डिलर खपत सञ्चालक भन्छन्, मागअनुार पुर्याउँनै हम्मे छ । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।