एचआइभिको आषधि पत्ता लाग्योः अब संक्रमितहरु पनि साधारण मानिस जत्तिकै बाँच्न सक्छन

चाँडो उपचार गरे चाँडै निको हुने अनुसन्धानकर्ताको दाबी

ब्रिटेन । ब्रिटेन स्थित ब्रिस्टल विश्वविद्यालयका अनुसन्धाताहरुले मानिसको शरिरमा भयानक रुपमा फैलिरहेको एचआइभी भाइरसलाई विस्तार हुन नदिने र अन्य नकारात्मक प्रभाव नपार्ने नौला औषधि पत्तालगाएको दाबी गरेको छ ।

एचआइभी भाइरस संक्रमित ९० हजार बिरामीबारे १८ वटा विभिन्न अध्ययनका आँकडा केलाएर अनुसन्धाताहरुले त्यस्तो असाधारण सफलता हात पारेको दाबी गरेका हुन् ।

अनुसन्धानकर्ताहरुले हरुको अनुमान अनुसार सन् २००८ मा २१ वर्षको उमेरमा कोही एचआइभी संक्रमितले उपचार थालेको छ भने उक्त व्यक्ति सत्तरी वर्षभन्दा माथिको उमेरसम्म बाँच्न सक्छ। रोग परीक्षणमा गरिएका सुधार, निरोधात्मक कार्यक्रम तथा विकसित उपचार विधिले एचआइभी समस्या समाधानमा सघाउ पुगेको बताइएको छ।

अनुसन्धानकर्ताहरुले एचआइभि संक्रमित ब्यक्तिले प्रयोग गरेको सुईका कारण रोग सरेका कैयौं एचआइभी संक्रमित व्यक्तिहरु भने अझै पनि अपेक्षित लामो समय बाँच्न नसक्ने बताएका छन ।

एन्टी रेट्रोभाइरल थेरापी अन्तर्गत तीन वा बढ्ता औषधिहरुको प्रयोगले ह्युमन इम्युनो डिफिसियन्सी एचआइभी भनिने भाइरसको स्वाभाविक विस्तारमा रोक लगाइजे उनीहरुको दाबी रहेको छ।

ब्रिटेनमा अनुसन्धाताहरुले भनेका छन–‘युरोप तथा उत्तर अमेरिकामा एचआइभी संक्रमित बिरामीहरुका निम्ति उपलब्ध एन्टी रेट्रोभाइरल उपचारमा आएको उल्लेख्य सुधारका कारण ती बिरामीले साधारण मानिस जति नै लामो बाँच्ने अपेक्षा राख्न सक्छन्।’

ल्यान्सेटमा प्रकाशित उनीहरुको अध्ययनले जति चाँडो सो उपचार विधि अपनाइन्छ उतिनै लामो र स्वस्थ्य जीवन बाँच्ने सम्भावना रहने बताइएको छ । यसलाई गएको ४० वर्ष यताकै सबभन्दा महत्वपूर्ण जनस्वास्थ्य सफलताको कथा मानिएको छ।

युरोप र उत्तर अमेरिकामा २० लाखभन्दा धेरै मानिस एचआइभी भाइरस संक्रमित छन् भने विश्वभर उक्त संख्या ३ करोड ६० लाख जति छ।