बैतडीमा खोलाले बगाएर आमाछोरीको ज्यान गयो
प्रकासित मिति : २०७४ बैशाख २८, बिहीबार
प्रकासित समय : ०६:१८
बैतडी । बैतडी एक्कासी परेको बर्षसँगै आएको खोलाले बगाएर दशरथचन्द नगरपालिका ६ सुकुट्टीमा आमा र छोरीको मृत्यु भएको छ ।
बुधबार साँझ घर नजिकैकमो खोलामा आएको दोलाले स्थानीय मदन महरकी २३ बर्षीया श्रीमती सुनिता महर र ७ बर्षीया छोरी करिष्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नालामा लुगा धुदै गर्दा एक्कासी खोला आउँदा दुवैजना बगेका थिए । नालामा छिमेकीका अन्य दुई बालबालिकासमेत थिए । उनीहरुलाई छेउमा पुर्याएर छोरीलाई तान्न खोज्दा दुबैलाई बगाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।