इतिहास कोट्याउँदै एकिकृत राप्रपा वरिष्ठ नेता बिष्ट भन्छन–‘दिल्ली सम्झौताका कारण नेपालको दुर्गति भयो’ (भिडियोमा हेर्नुहोस)

भन्छन–‘छिमेकीले समान सम्मान दिएन भने त्यो मित्र हुन सक्दैन’

काठमाडौं । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका वरिष्ठ नेता केशर बहादुर बिष्टले दिल्ली सम्झौताको कारण नेपालमा विकास, संमृदि र जन अपेक्षा अनुसारको विकास हुन नसकेको बताएका छन ।

एकिकृत राप्रपा राष्ट्रवादीद्धारा बुधबार राजधानीमा आयोजित विभिन्न पार्टी परित्याग गरी आएका नेता,कार्यकर्ताहरुलाई स्वागत कार्यक्रममा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन ।

एकिकृत राप्रपाको वरिष्ठ नेता समेत रहेका नेता बिष्टले २००७ सालमा भएको दिल्ली सम्झौतासँगै नेपालको दुर्गतिको दिन सुरु भएको बताए ।

उनले भने–‘तत्कालिन राजा त्रिभुवनको निजि सचिव दिल्लीले खटाएको ब्यक्ति थिए, त्यतिबेला दिल्लीले खटाएको ब्यक्ति नै राख्नुपर्ने प्रावधान रहेको थियो । नेपालमा चिठी समेत रजिष्टर हुदैँन थ्यो, त्यतिबेला लैनचौरको भारतीय दूतावासमा मात्र हुने गर्दथ्यो । त्यतिबेलासम्म नेपालमा नेपाली नोट समेत चल्दैनथ्यो, तर भारु नोट चल्दथ्यो । हामीले भारतसँगको सम्झौताका कारण दुर्गति भोग्नु परेको इतिहासले प्रष्ट पार्छ।’

उनले ६० बर्ष पछाडि फेरी अहिलेको सरकारले दिल्ली सम्झौता गरेको र त्यसले पनि नेपालको अहित गर्ने बताए । उनले भारत नेपालको छिमेकी राष्ट्र भएपनि समान सम्मान दिन नसकेको अवस्थामा त्यो मित्र राष्ट हुन नसक्ने तर्क समेत गरे ।

उनले घरभित्रको समस्यालाई घरभित्रै मिलाउनु पर्ने भन्दै भने–‘आन्तरिक राष्ट्रियतालाई बलियो बनाउन जरुरी छ । हामीले हाम्रो सँस्कृति र पहिचान बिर्सनु हुदैन ।’

LOADING...